Tuesday, 28th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

काँग्रेस मकवानपुरले तोक्यो दुई व्यवसायी संयोजक

नेपाली काँग्रेस माकवानपुरले भातृ तथा शुभेच्छुक संस्थाहरु विस्तार गर्नेक्रममा लोकतान्त्रिक व्यापार संघ र लोकतान्त्रिक यातायात व्यवसायी संघको जिल्ला सम्मेलन गर्नको लागि संयोजकहरु तोकेको छ ।

काँग्रेस मकवानपुरको ७ भदौमा बसेको पदाधिकारी बैठकले व्यापार संघ संयोजकमा काँग्रेसका ३ नम्बर क्षेत्रीय सदस्य काब्यमणी अधिकारी र यातायात व्यवसायी संघमा कपिलबहादुर बानियाँलाई तोकेको जिल्ला सचिव आनन्द कठायतले जानकारी दिए । 

पार्टीले आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरी आफ्ना भातृ तथा शुभेच्छुक संस्थाहरुलाई विस्तार र सुदृढिकरण गर्ने क्रममा यी दुई संस्थाहरुको जिम्मेवारी तोकेको हो । आगामी दिनमा पनि अन्य भातृ तथा शुभेच्छुक संस्थाहरुकोसमेत जिम्मेवारी तोकिदै जाने सचिव कठायतले जानकारी दिए ।