Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

काँग्रेस परित्याग गरी नेकपामा प्रवेश

youth-1581605536.jpg

नेपाली काँग्रेसमा सक्रिय युवाहरु पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा समाहित भएका छन् । 

मनहरी गाउँपालिका वडा नं ३ सिद्धकालीका युवाहरु २५ औँ जनयुद्ध दिवसको अबसरमा आयोजित कार्यक्रमका क्रममा नेकपा प्रवेश गरेका हुन् । प्रवेश गर्नेहरुमा पूर्णबहादुर घलान, अनिल प्रजा, सन्जय प्रजा, सागर प्रजा, लालबहादुर प्रजा, श्यामबहादुर प्रजा र विवेक थिङ रहेका छन् । पूर्णबहादुर स्थानीय प्रजा आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छन् । उनी तत्कालीन माओवादी जनयुद्धमा जनमुक्ति सेनामा समाहित भएका लडाकु हुन् । 

उनीहरुलाई नेकपाकी केन्द्रीय सदस्य कुमारी मोक्तान, प्रदेश कमिटी सदस्य ओमबहादुर ग्लान (प्रदीप), जिल्ला सचिवालय सदस्य राजाराम स्याङ्तान, मनहरी गाउँँ कमिटी अध्यक्ष रामप्रसाद कालाखेती लगायतले स्वागत गरेका थिए । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०