Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

काँग्रेस निकट भातृ तथा शुभेच्छुक संस्थाको भेला

आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि काँग्रेस मकवानपुरको भातृ एवं शुभेच्छुक संस्थाको प्रमूखहरुको भेला २४ कार्तिकमा भएको छ । नेपाली काँग्रेस मकवानपुरका उपसभापति सभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षतामा भएको भेलामा काँग्रेस मकवानपुरका प्रमूख सल्लाहकार एवं प्रतिनिधिसभा १ को परिचालन समितिका संयोजक माईकल रामचन्द्र अर्याल, प्रवक्ता एवं जिल्ला निर्वाचन प्रचारप्रसार संयोजक प्रदिप कोईराला, जिल्ला सदस्य राजिव सुवेदी, प्रतिनिधि सभा १ को प्रदेशसभा २ का उम्मेदवार अशोक शाक्य, डिएलए केन्द्रीय उपाध्यक्ष केशवप्रसाद काफ्ले, तरुण, नेविसंघ, महिला, शिक्षक, दलित, शैनिक प्रेस युनियन, ट्रेड युनियनलगायतका भातृ तथा शुभेच्छुक संस्थाका प्रमूख एवं प्रतिनिधिको उपस्थिति रहेको थियो ।

भेलाले पार्टीको जिल्ला निर्वाचन प्रचारप्रसार समितिको सदस्यमा काँग्रेस निकटतरुण, विद्यार्थी, महिला, शिक्षक, तामाङ, दलित, ट्रेड युनियन, वन पैदावार, किसानलगायतका शुभेच्छुक संस्थाका जिल्ला अध्यक्षहरु र नेपाल प्रेस युनियनका जिल्ला पदाधिकारीहरुलाई सदस्यमा मनोनित गरिएको पार्टी प्रवक्ता एवं प्रचारप्रसार संयोजक कोईरालाले बताए ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)