nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 10th May, 2024
वि.स.
1000043965-1707579226.jpg

काँग्रेस त्याग्दै केसी पुनः घर फर्के (विज्ञप्ती सहित)

नेपाली काँग्रेसका मकवानपुर क्षेत्रिय सदस्य बिनोद केसीले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । 

क्षेत्रिय सदस्य केसीले २३ भाद्रमा विज्ञप्ती जारी गर्दै पार्टीको साधारण सदस्यसम्म नरहेन गरी काँग्रेस परित्याग गरेको घोषणा गरेका हुन् । पार्टी परित्याग गरेको घोषणा गर्दै नेपाल कम्युष्टि पार्टीसँग पुनः जोडिएको घोषणा गरेका छन् । उनी यसअघि तत्कालिन नेकपा माओवादीसंग आवद्ध थिए । उनले नेपाली काँग्रेसबाट नेपाली जनताको सुख मिल्ने भ्रममा नपरी नेपाल कम्युनिष्ट पार्टीमा आवद्ध हुन पनि सम्पूर्णप्रति आह्वान गरेका छन् । 

पहिलो स्थानीय तहको निर्वाचनपछि संसदीय निर्वाचनका बेला विगतमा लोकतन्त्रका लागि लडेको ठानेर नेपाली काँग्रेसले जनताको पक्षमा केही गर्ला की भन्ने आशाले नेपाली काँग्रेसमा आवद्ध हुन पुगेंको केसीले विज्ञप्तीमा लेखेका छन् । पार्टीले प्रमुख प्रतिपक्षको भूमिका समेत निर्वाह गर्न नसकेको र सरकारलाई रचनात्मक सुझाव दिनुका सट्टा गाली मात्र गरेर बसेको ठहर गर्दै उनले विज्ञप्ती मार्फत पार्टी परित्याग गरेको बताएका छन् । केसीले विज्ञप्ती मार्फत भनेका छन्–‘मजस्ता कुनै कारणले काँग्रेसमा आवद्ध भएका धेरै कार्यकर्ताहरुलाई निराश तुल्याएको छ ।’ 

संघीय संरचनामा भएको पहिलो स्थानीय तथा संसदीय निर्वाचनमा विजेता हुनुका साथै तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक भई नेपाल कम्युनिष्ट पाटी बनेको सन्दर्भमा उक्त पार्टीको सरकारले दिन प्रतिदिन जनमुखी कदमहरु चाल्दै गएको केसीले बताएकाछन् । उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रति झन झन लोकप्रियता बढेको ठहर गरेका छन् । 

वि.सं. २०५१ सालमा अखिल क्रान्तिकारीको विद्यार्थी राजनीतिबाट राजीनितक जीवन शुरुवात गरेका केसी अनेरास्ववियू क्रान्तिकारीको मकवानपुर जिल्ला सचिब, अखिल नेपाल जनवादी युवा लिगको मकवानपुर जिल्ला उपाध्यक्ष, जनमोर्चा नेपालको जिल्ला सदस्य, योङ कम्युनिष्ट लिगको जिल्ला सदस्य, नेकपा माओवादी केन्द्रको थाहा नगर सदस्य लगायत विभिन्न पदमा रही काम गरिसकेका व्यक्ति हुन ।

हेर्नुस् विज्ञप्तीः


 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)