nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

काँग्रेससँग हिङ बाँध्ने टालो मात्र छः पीवी गोले

नेपाली काँग्रेससँग हिङ् बाँध्ने टालो भएपनि माओवादी केन्द्रसँग त्यति पनि सम्पत्ति नभएको नेकपा एमाले केन्द्रीय लेखा आयोग सदस्य पीवी गोलेले दाबी गरेका छन् । शनिबार मनहरी गाउँपालिका वडा नं ८ को निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन गर्दै उनले हिङ बाँधेको टालो बोकेर काँग्रेसले छलकपट गर्ने र हिङ र हिङ बाँध्ने टालो समेत नभएको माओवादीले फुर्तिफार्ती गर्न थालेको दृष्य हाँस्यास्पद रहेको उनले सुनाए । ‘हामी हिङ भएको पार्टी चाहिँ शान्त स्वभावले निर्बाचनमा होमिएका छौँ’, गोलेले भने–नेकपा एमालेसँग विचार, नीति, सिद्धान्त, इमान्दार कार्यकर्ता सबै चालढाल छ, यसकारण हामी हिङ भएको पार्टी हौँ ।’

उनले आगामी निर्वाचनमा माओवादीको विगतका भत्काएका इतिहाँसहरु र काँग्रेसको भ्रष्टिकरणको इतिहाँसले उनीहरुलाई धक्का लाग्ने दाबी गरे । दुई ठूला पार्टीहरुलाई जनताले चिनिसकेको भन्दै तत्कालीन पहिलो कम्युनिष्ट सरकार संचालनको अनुभव र लोकप्रिय कार्यक्रम ल्याएको पार्टी एमाले नै जनताको रोजाई हुने उनले बताए । 

कार्यक्रममा नेकपा एमाले ३ नं प्रदेश सदस्य एबम् मनहरी गाउँपालिकाका प्रस्तावित उम्मेदवार एकराज उप्रेतीले आर्थिक समुन्नतिको भिजन एमालेसँग भएको बताए । उनले मनहरी गाउँपालिकाभित्र पानी, खानी र जबानीको उचित व्यवस्थापन गरेर आर्थिक सम्बृद्धि गर्न सकिने बताए । कार्यक्रममा जिल्ला कमिटी सदस्यहरु नवराज सुवेदी, गौतम लामा, मनहरी गाउँपालिका संगठन कमिटीका सचिवालय सदस्य मनिला बिष्ट, ८ नं वडाका वडा अध्यक्षका उम्मेदवार दिलबहादुर स्याङ्तान लगायतले मन्तब्य व्यक्त गरेका थिए । 

सोही अबसरमा माओवादी केन्द्र परित्याग गरी वडा कमिटी सचिव अनिल मोक्तान, अक्कल बहादुर वाइबा, सहदेव गिरी, सुजन मोक्तान, कृष्णलाल प्रजा, बलराम प्रजा तथा नेपाली काँग्रेस परित्याग गरी सूर्यबहादुर घलान, बिष्णुराज उप्रेती, इन्दिरा उप्रेती, सुमित्रा उप्रेतीसहित २१ जना नेकपा एमालेमा प्रवेश गरेका थिए । 

कार्यक्रमअघि मनहरी बजारबाट रमन्टार हुँदै पुनः ज्यामिरे पुगी सिमपानीसम्म मोटरसाइकल ¥याली गरिएको थियो । 



https://thahatimes.com/public/images/users/57504215_2285399481780456-1574914323.jpg

मनोज तितुङ

titungmanoj@gmail.com