nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

काँग्रेसले बोक्यो “डेट एक्सपायर” उमेद्वार: नेता पौडेल

ananta-poudel-1511523669.jpg

नेकपा एमालेका प्रदेश सदस्य तथा निवर्तमान सभासद अनन्त पौडेलले मकवानपुरको कांग्रेसले डेट एक्सपायर भएको उम्मेद्वारलाई बोकेर गम्भिर भुल गरेको बताएका छन् ।

८ मंसिरमा पुर्वी मकवानपुरको बकैयामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले गणतन्त्र नेपालमा अझैपनि राजा चाहिन्छ भन्दै हिडने एक्सायर नेतालाई कांग्रेसले बोकेर आफ्नो हैसियत समेत घटाएको दाबी गरे ।

कार्यक्रममा बोल्दै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंबर १ का उम्मेद्वार कृष्णप्रसाद दाहालले मकवानपुरको विकासमा पटक÷पटक मन्त्री भएकाहरुले सिन्को नभाँचेको बताए । पटक-पटक मन्त्री हुने अनि यो गरे र त्यो गरे भन्दै जनतालाई भ्रम छर्ने तर खासमा केहि पनि नगर्नेको विगविगि रहेको भन्दै सचेत हुन सबै आम मतदातालाई आग्रह गरेका छन् । मकवानपुरको विकासमा सधै राप्रपा र कांग्रेसको सरकार बाधक बनेको भन्दै उनले अब वाम गठवन्धनको सरकार आउने र उक्त सरकारले मकवानपुरको विकासमा ठुलो योगदान दिने दाहालको भनाई रहेको छ ।

कार्यक्रममा बोल्दै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंबर १ अन्र्तगतको प्रदेशसभा (क) का उम्मेद्वार प्रेमबहादुर पुलामीले नेपालमा नयाँ युग र नयाँ समाजको नेतृत्व वाम शक्तिले मात्र गर्ने बताए । वाम शक्तिहरु एक हुनुको कारण पनि नयाँ नेपाल निर्माणको लागि भन्दै उनले वाम गठवन्धनले दुई तिहाई सिटमा विजयी हुने दाबि समेत गरे ।
बकैयाको हात्तिसुडेमा भएको कार्यक्रममा एमालेका प्रदेश नबर ३ सदस्य रामचन्द्र राई, प्रतिनिधिसभा क्षेत्र नंबर १ का निर्वाचन परिचाल कमिटि संयोजक बद्री लम्साल, प्रदेशभा निर्वाचन परिचालन कमिटि संयोजक कमानसिंह पाख्रिन, वाम नेताहरु प्रमिला पुलामी, दलबहादुर वाईवा, पद्मा पौडेल, लक्ष्मी माझी, हिदम लामा, जीवन गोले, विजय गौतम लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रम बकैया वडा नंबर ३ का अध्यक्ष महेश लोको अध्यक्षतामा भएको हो ।
 

कांग्रेस तथा राप्रपाका दुई दर्जन नेता कार्यकर्ता वाम गठवन्धनमा प्रवेश

पुर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नंबर ३ हात्तिसुडेमा ८ मंसिरमा भएको वाम गठवन्धनको संयुक्त चुनावीसभामा नेपाली कांग्रेस तथा राप्रपामा आवद्ध दुई दर्जन नेता तथा कार्यकर्ता वाम गठवन्धनमा प्रवेश गरेका छन् ।

कार्यक्रममा नेपाली कांग्रेसका स्थानीय नेता वालकृष्ण घिमिरेको नेतृत्वमा १५ जना तथा राप्रपाका अनिल खड्काको नेतृत्वमा ९ जना नेता तथा कार्यकर्ताहरु वाम गठवन्धनमा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई एमाले नेता अनन्त पौडेल , रामचन्द्र राई सहित वाम उम्मेद्वारहरु कृष्णप्रसाद दाहाल, प्रेमबहादुर पुलामी सहितका नेताहरुले वाम गठवन्धनमा स्वागत गरेका थिए ।
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)