Tuesday, 27th October, 2026
वि.स.
pustakalay-1792211853.jpg

काँग्रेसले जिते विकास र रोजगार : गृहराज्यमन्त्री बानियाँ

नेपाली काँग्रेसका सभापति एवं नेपाल सरकारका गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँले काँग्रेसले मकवानपुरमा जिते जिल्लाको विकास र युवाहरुलाई रोजगारी संभव रहेको बताएकाछन् ।  काँग्रेस हेटौंडा १५ को चुनाव प्रचारप्रसार कार्यक्रममा ८ वैशाखमा बोल्दै गृहराज्यमन्त्री बानियाँले आफूले सांसद जितेपछि क्षेत्र नम्बर १ मा गरेको विकासको काम हेर्न आग्रह गर्दै आफू पार्टी सभापति र मन्त्री भएपछि जिल्लाको विकासको लागि धेरै योजना स्वीकृत गर्दै काम अगाडी बढाईसकेको बताएकाछन् । 

गृहराज्यमन्त्री बानियाँले आफूले नगरमा १० हजार र प्रत्येक गाउँपालिकामा ३ हजार युवाहरुलाई रोजगारीको प्याकेज ल्याउने घोषणा गर्दा विपक्षीहरुमा अत्तालिएको बताउँदै आफूले गरेको बाचा अहिलेसम्म पूरा गरेकोले यो पनि गर्नेमा ढुक्क रहन नगरवासीमा आग्रह गरे । हेटौंडा १५ का प्रचारप्रसार समितिका संयोजक बमबहादुर थिङको सभाध्यक्षता तथा प्रमूख अतिथि पार्टी सभापति एवं गृहराज्यमन्त्री बानियाँको प्रमूख आतिथ्यतामा भएको कार्यक्रममा अतिथिहरु सल्लाहकार दामोदर सुवेदी, रिता खनाल, अशोक शाक्य, जिल्ला सदस्य राजिव सुवेदी, ३ नम्बर क्षेत्रीय तारानाथ चौलागाई, नगर सभापति आनन्दराम पराजुली, केदार पुडासैनी, महिला संघ अध्यक्ष लक्ष्मी श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसैबीच नेपाली काँग्रेसको चुनाव प्रसारप्रसार एवं घरदैलो अभियान अन्र्तगत हेटौंडा ५ को भैरवटोल र १९ को स्कुलटोलमा ८ वैशाखमा चुनाव प्रचारप्रसार कार्यालय उद्घाटन र समिति गठन गरिएको छ ।

हेटौंडा ५ का वडा सभापति यमबहादुर श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा गणेश भेटवालको संयोजकत्वमा ५१ सदस्यीय चुनाव प्रचारप्रसार समिति गठन गरिएको छ । 

कार्यक्रममा अतिथिहरु पार्टीका सल्लाहकार प्रभातकुमार दाहाल, जिल्ला सदस्य एवं प्रवक्ता प्रदिप कोईराला, जिल्ला सदस्य राजिव सुवेदी, २ नम्बर क्षेत्रीय सभापति यतिराज सापकोटा, नगर सभापति आनन्दराम पराजुली, ४ नम्बर सभापति हरिप्रसाद पौडेल, समाजसेवी हरिवंश भेटवाल, ५ नम्बर उपसभापति टिकाप्रसाद चौलागाई, दलित संघकी केन्द्रीय सदस्य पवित्रा विक, तरुण दल नगर अध्यक्ष सुनिल गिरी, राधा कोईराला, राजेश बानियाँ, प्रमिला खतिवडा, मनमाया विक, अन्जनीकुमार पराजुलीलगायतले मन्तव्य व्यक्त गरेका थिए । 



Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg