Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

काँग्रेसलाई पहिलो पार्टी बनाउन सबै एकजुट भएर लाग्नुपर्छः डा. संग्रौला

नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवं निवर्तमान नेपाल महिला संघकी अध्यक्ष डा। डिला संग्रौलाले आगामी संघ र प्रदेशको निर्वाचनमा काँग्रेसलाई पहिलो पार्टी बनाउन एकजुट भएर लाग्नुपर्ने बताएकाछन् । 

नेपाली काँग्रेस मकवानपुरका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षतामा मंगलबार भएको छलफल तथा अन्र्तक्रियामा केन्द्रीय सदस्य डा। संग्रौलाले काँग्रेस देशभरी दोस्रो हुनुमा पार्टी नेतृत्वको आफ्नै कमजोरीका कारण रहेको र अव हुने निर्वाचनमा पाठ सिकेर सबै एक ढिक्का भएर लाग्नुपर्ने बताए ।

दुई नम्बर प्रदेशको स्थानीय निकायको चुनाव प्रसारप्रचारमा जाने क्रममा हेटौंडामा केन्द्रीय सदस्य डा। संग्रौलाले विगतमा भएको कमी कमजोरी भुलेर आगामी दिनमा सामूहिक प्रयासले संघ र प्रदेशको निर्वाचनमा काँग्रेस पहिलो पार्टी बन्नेमा ढुक्क हुन आग्रह गरे ।

कार्यक्रममा नेपाल महिला संघकी पूर्व केन्द्रीय सदस्य, निर्मला क्षेत्री, पार्टीका सचिवद्वय बुद्ध लामा र आनन्द कठायत, प्रमूख सल्लाहकर माईकल रामचन्द्र अर्याल, प्रवक्ता प्रदिप कोईराला, जिल्ला सदस्यहरु राजिव सुवेदी, ईन्दिरा न्यौपाने, अमृता थापामगर, भीमसेन महत, महासमिति सदस्यद्वय विष्णु दाहाल र भरत पराजुली, नेपाल महिला संघकी अध्यक्ष लक्ष्मी श्रेष्ठ, नेपाल विद्यार्थी संघका अध्यक्ष राजु खतिवडालगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।