Wednesday, 9th September, 2026
वि.स.

काँग्रेसको हेटौंडामा चुनाव प्रचारप्रसार समिति

नेपाली काँग्रेस हेटौंडा ५ को दुई टोलमा चुनाव प्रचारप्रसार समिति गठन गरिएको छ । हेटौंडा ५ चिसापानीमा ५ वैशाखमा ठूलीमाया थापामगरको संयोजकत्वमा र शान्तिनगरमा ठाकुरप्रसाद चौलागाईको संयोजकत्वमा ५१÷५१ सदस्यीय चुनाव प्रचारप्रसार समिति गठन गरिएको छ ।

हेटौंडा ५ को वडा सभापति यमबहादुर श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा राजेश बानियाँ, यमबहादुर श्रेष्ठ, अन्जनीकुमार पराजुली, प्रमिला खतिवडा, मनमाया विक, टिका चौलागाई, राजिव सुवेदी, विष्णु खतिवडा, बद्री लम्साल, सुनिल गिरी, आवेश लामालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसैबीच बैशाख÷नेपाली काँग्रेस हेटौंडा १४ मयुरधापमा पनि चुनाव प्रचारप्रसार कार्यालय उद्घाटन गरिएको छ । साविक हेटौंडा १६ का सभापति बलराम बलको सभाध्यक्षता तथा पार्टी सभापति नेपाल सरकारका गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा प्रचारप्रसार कार्यालय उद्घाटन गरिएको हो ।

प्रचारप्रसार कार्यालय उद्घाटन कार्यक्रममा अतिथिहरु पार्टीका प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, सल्लाहकारहरु दामोदर सुवेदी, अशोक शाक्य, रिता खनाल, जिल्ला सदस्य एवं प्रवक्ता प्रदिप कोईराला, नगर सभापति आनन्दराम पराजुली, ३ नम्बर क्षेत्रीय सभापति तारानाथ चौलागाई, नेपाल तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, लक्ष्मी थिङ, मनोजकुमार थिङ, तारा लामा, नवराज थिङलगायतले मन्तव्य व्यक्त गरेका थिए ।