nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 23rd April, 2024
वि.स.
1000043965-1707579226.jpg

काँग्रेसको विभिन्न ठाउँमा चुनावी अभियान

नेपाली काँग्रेस मकवानपुरको चुनावी अभियानअन्र्तगत सोमबार मकवानपुर विभिन्न ठाउँमा चुनाव प्रचारप्रसार कार्यालय तथा चुनावी कार्यक्रम गरिएको छ ।

मनहरी गाउँपालिका ७ मनहरीमा साविक मनहरी ७ का सभापति उमेश मुक्तानको सभाध्यक्षता तथा पार्टीका जिल्ला सचिव बुद्ध लामाको प्रमूख आतिथ्यतामा भएको कार्यालय उद्घाटन कार्यक्रममा अतिथिहरु ४ नम्बर क्षेत्रीय सभापति लोकबहादुर मुक्तान, जिल्ला सदस्य नवराज उप्रेती, महासमिति सदस्य भरत पराजुली, महाधिबेशन प्रतिनिधी जानकी लामा, शंकर न्यौपाने, कमला मैनाली नारायण उप्रेती, ठाकुरराम तितुङ, मानबहादुर लामालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

त्यसैगरी भीमफेदी गाउँपालिका वडा नम्बर ३ निवुवाटारमा चुनाव प्रचारप्रसार कार्यालय उद्घाटन गरिएको छ । भीमफेदी गाउँपालिकाको चुनाव प्रचारप्रसार संयोजक गोपीराम बलको प्रमूख आतिथ्यतामा भएको कार्यालय उद्घाटन कार्यक्रममा अतिथि साविक निबुवाटारका सभापति संजिव श्रेष्ठ, ३ नम्बरका अध्यक्षका उम्मेदवार सोनाम सिंह लामा, प्रमिलामाया लामा, श्याम लामालगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

त्यस्तै हाँडीखोला १ गोगनपानीमा चुनाव प्रचारप्रसार कार्यक्रम भएको छ । चुनाव प्रचारप्रसार कार्यक्रममा पार्टीका जिल्ला सचिव बुद्ध लामा, जिल्ला सदस्य नवराज उप्रेती, महासमिति सदस्य भरत पराजुली, १ नम्बर वडा अध्यक्षका उम्मेदवार शिवकुमार खनाल, सदस्यका उम्मेदवारहरु शुभलक्ष्मी प्रजा, कुलबहादुर थिङ, सावित्री घिमिरे, महाधिबेशन प्रतिनिधी जानकी लामा, शंकर न्यौपाने, बिदुर थापालगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।