Tuesday, 28th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

काँग्रेसको मनहरी ४ मसिनेमा चुनाव प्रचारप्रसार कार्यालय

नेपाली काँग्रेस मकवानपुरको चुनाव प्रचारप्रसार कार्यक्रम अन्र्तगत मनहरी गाउँपालिका ४ मसिनेमा १० वैशाखमा चुनाव प्रचारप्रसार कार्यालय उद्घाटन गरिएको छ ।

साविक हाँडीखोला गाविस सभापति चन्द्रबहादुर न्यौपानेको सभाध्यक्षता एवं नेपाली काँग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमूख आतिथ्यतामा कार्यालय उद्घाटन गरिएको हो ।

कार्यालय उद्घाटन कार्यक्रममा अतिथिहरु पार्टीका जिल्ला सचिव बुद्ध लामा, महासमिति सदस्य भरतप्रसाद पराजुली, जिल्ला सदस्य नवराज उप्रेती, ४ नम्बर क्षेत्रीय सभापति लोकबहादुर मुक्तान, शंकर न्यौपाने, फुलमान थिङ, लक्ष्मण सुवेदीलगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।