nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

काँग्रेसको फापरवारीमा शुभकामना आदानप्रदान तथा चियापान

4-1505955789.jpg

फापरवारी, ४ असोज/नेपाली काँग्रेस बाग्मती गाउँपालिकाको आयोजनामा फावरवारीमा हिन्दुहरुको महान चाँड विजयादशमीको अवसरमा ४ असाेजमा पार्टीका नेता, कार्यकर्ता,शुभचिन्तक तथा शुभेच्छुकबीच शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम भएको छ ।

साविक फापरवारी गाविसका सभापति भक्तबहादुर राईको सभाध्यक्षता तथा नेपाली काँग्रेस मकवानपुरका सभापति एवं पूर्व गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँको प्रमूख आथित्यतामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम भएको थियो ।

कार्यक्रममा आउँदै गरेको हिन्दुहरुको महान चाड विजया दशमीको शुभकामना दिंदै प्रमूख अथिति बानियाँले आउँदै गरेको प्रदेश र केन्द्रको निर्वाचनमा क्षेत्र नम्बर १ मा जनतालाई काँग्रेसले जितेपछि अहिलेसम्म गरेको विकास निर्माणको काम र भोलीका दिनमा पनि गर्ने कार्यको खुलेर बताउँन निर्देशन दिए । 

प्रमूख अथिति बानियाँले अरुले पटक-पटक जित्दा भएको विकास निर्माणको कार्य र काँग्रेसले ५४ वर्षमा पहिलोपटक जित्दा भएको विकास निर्माणको बारेमा नहिच्काई बताउन कार्यकर्तालाई निर्देशन दिए । शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा अथितिहरु जिल्ला सदस्य एवं संगठन विभाग प्रमूख कृष्णप्रसाद सञ्जेल, जिल्ला सदस्यहरु कृष्णप्रसाद दाहाल, चोकबहादुर ठाडामगर, शेरबहादुर लामा, महासमिति सदस्य धर्म लामिछाने, ४ नम्बर क्षेत्रीय सभापति एवं बकैया गाउँपालिका प्रमूख दामोदर खनाल, हेटौंडा उपमहानगरपालिका सभापति आनन्दराम पराजुली, तरुण दल जिल्ला सचिव सन्तोष सापकोटालगायतले विजयादशमीको शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए । 

यो पनि पढ्नुहोस्:

दशैंतिहारमा चियापान कार्यक्रम आयोजना नगर्नू, आचार संहिता विपरित हुन्छ- निर्वाचन आयोग



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)