Thursday, 16th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

काँग्रेसको थाहानगर सभापतिमा नवराज लामाले उमेदवारी दिने

IMG_20210909_182918-1631191701.jpg

नेपाली काँग्रेसको थाहानगर सभापतिमा नवराज लामाले उमेदवारी दिने भएका छन् । थाहा टाइम्ससँग कुरा गर्दै लामाले काँग्रेसको आगामी २७ भदौमा हुने थाहानगर अधिवेशनमा आफूले सभापति पदका लागि उमेदवारी दिने बताए । त्यसको लागि आवश्यक तयारी गरिरहेको पनि उनले जानकारी दिए । 

हाल तरुण दलको नगर सभापति रहेका लामाले अब पार्टीकै नगर नेतृत्वमा आउनेगरी तयारी गरिएको बताए । ‘तपाईंको उमेदवारी किन’ भन्ने थाहा टाइम्सको प्रश्नमा लामाले व्यक्तित्व विकासका साथ  युवाहरुलाई व्यवसाय उन्मुख गराउन र पार्टी सङ्गठनलाई बलियो बनाई नगरमा काँग्रेसको उपस्थिति स्थापित गर्न आफूले सभापतिमा उमेदवारी दिन लागेको बताए ।

बाल्यकालदेखि नै स्वर्गीय बुवा शेरबहादुर लामाको काँग्रेसप्रतिको जिम्मेवारीबाट  प्रेरित लामाले २०६५ सालमा काँग्रेसको क्रियाशील सदस्यता लिएका हुन् । २०७० सालको संविधान सभा निर्वाचनमा युवाको अग्रपंक्तिमा रहेर भूमिका निर्वाह गरेका लामा २०७२ सालदेखि तरुण दलको नगर सभापति रहेका छन् । 


हाल पालुङ जेसीजको अध्यक्ष रही जेसीजको क्षेत्र ‘ख’ सम्मेलनसमेत सफल बनाएको बताउँदै लामाले आफू काँग्रेसको नगर सभापति भएर पार्टीलाई क्रियाशील नेतृत्व प्रदान गर्न चाहेको बताए । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०