nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

कर्मचारीको तलब २० प्रतिशत बढ्दै ! अहिले कति ?

आगामी आर्थिक वर्षको बजेटमा कर्मचारीहरुको तलब २० प्रतिशतले बढाउन दबाव सुरु भएको छ ।

कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनले  तलब वृद्धिका लागि छलफल र लबिङ सुरु गरिसकेका छन् । युनियनका अध्यक्ष पुण्य ढकाल स्वयं प्रधानमन्त्री केपी ओलीका विश्वास पात्र हुन् । उनले समृद्ध नेपाल सुखी नेपालीको नारा पुरा गराउने मुख्य औजार कर्मचारी भएकाले उनीहरुको मनोबल उच्च बनाउन पनि यसपाली खुला हृदयका साथ तलब वृद्धि गर्न ओलीलाई सुझाव दिएका छन् ।

‘समृद्ध नेपाल, सुखी नेपाली अभियान साकार पार्ने मुल औजार कर्मचारी नै हुन्, यसपाली नियमित तबल बढाउने वर्ष पनि हो, खुला हृदयका साथ तबल वृद्धि गरिदिन प्रधानमन्त्रीसँग अनुरोध गरिरहेका छौं’, ढकालले विकासन्युजसँग भने । उनले पछिल्लो २ वर्षलदेखि तबल नबढेकाले नेपाल राष्ट्र बैंकको मूल्य वृद्धि सूचांक र देशले निर्धारण गरेको समृद्धिको लक्ष्यलाई पुरा गराउन सघाउने गरि कर्मचारीको तलब बढाउनु पर्ने बताए । ‘आधिकारीक ट्रेड युनियनकाे तर्फबाट तलब बढाउन छलफल आरम्भ गरिसकेका छौं, हामी प्रतिशत नै तोक्दैनौं तर यसपाली तलब बढ्नुपर्छ भन्ने हाम्रो माग हो’, ढकालले भने ।

उनले चालु आर्थिक वर्षमा प्राप्त भैरहेको २ हजार भत्ताको ७५ प्रतिशत रकमलाई तलबमा गाभ्ने र पछिल्लो ३ वर्षको मूल्य वृद्धिका आधारमा तलब बढाउनु उपयुक्त हुने बताए ।

यस्तो छ अहिले निजामति कर्मचारीको तलब 
मुख्यसचिवः रु ५५,२००।
सचिवः रु ५१,४२०।
सहसचिवः रु ४०,१५०।
उपसचिवः रु ३४,२२०।
शाखा अधिकृतः रु ३०,५००।
नासुः रु २३,५००।
खरिदारः रु २२,१७०।
कार्यालय सहयोगी पियनः रु १८,०००।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)