Friday, 30th October, 2026
वि.स.
pustakalay-1792211853.jpg

कम्युनिष्ट अधिनायकविरूद्ध अन्तिम लडाइ सुरू भयो-बस्नेत

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले हेटौँडामा ३ नम्बर प्रदेश स्तरीय प्रदर्शन गरेको छ। सरकारी काम कारबाही ठीक नभएको भन्दै तरुण दलले हेटौँडामा प्रदर्शन गरेको हो। प्रदर्शनपछि हेटौँडाको बुद्धचोकमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेपाल

नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेत

तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले कम्युनिष्टहरुबिरुद्ध अन्तिम लडाइ सुरु भएको बताए। उनले विभिन्न जातका कम्युनिष्टहरुले सत्ताको मोजमस्ती गरेको, जंगवहादुरको शैली अपनाएको भन्दै अबको आन्दोलनले कम्युनिष्टहरु परास्त हुने चेतावनी दिए।

नेपाली कांग्रेसकै अगुवाइमा देशमा लोकतन्त्र स्थापित भएको भन्दै अध्यक्ष बस्नेतले कम्युनिष्ट सरकारले न्यायालयमा राजनीति घुसाएको, भ्रष्टाचार आरोप लागेका मन्त्रीहरुलाई समेत जोगाएर राखेको तथा संविधान कुल्चने काम गरेको आरोप लगाए। ‘हामी प्रजातन्त्र जोगाउने दलका कार्यकर्ता हौँ’, अध्यक्ष बस्नेतले भने,‘कुनै पनि हालतमा कम्युनिष्टको अधिनायकवाद सहेर बस्नेवाला छैनौँ।’ कार्यक्रमलाई नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदका संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँ, नेपाल तरुण दलका उपाध्यक्ष उत्तमकुमार चापागाई, महासचिव भुपेन्द्रजंग शाही, कोषाध्यक्ष, विद्वान गुरुङ, सिन्धुपाल्चोक अध्यक्ष दोर्जे लामा, काठमाडौँ अध्यक्ष कृष्णजीत खड्का लगायतले सम्बोधन गरेका थिए।

विरोध सभा हुनुअघि कांग्रेस पार्टी कार्यालयबाट निस्केको ¥याली सीमाचोक, राप्तीरोड हुँदै बुद्धचोकमा आएर सभामा परिणत भएको थियो।



https://thahatimes.com/public/images/users/57504215_2285399481780456-1574914323.jpg

मनोज तितुङ

titungmanoj@gmail.com

Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg