Wednesday, 28th October, 2026
वि.स.
pustakalay-1792211853.jpg

कम्बल र म्याट बाँडेर चुनाव जित्न नखोजे हुन्छः बलराम बल

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य बलराम बलले लोकतान्त्रिक गठबन्धन नाउँको उम्मेदवारहरुले जिन्सी सामान बाँडेर चुनाव प्रभावित पार्न खोजेको आरोप लगाएका छन् । 

मनहरी गाउँपालिका वडा नं ३ स्थित संयुक्त बाम भेलालाई सम्बोधन गर्दै बलले भने–‘चुनावको नजिकमा कम्बल र म्याट बाँडेर चुनाव जित्छु भन्ने दिवास्वप्न नदेखे हुन्छ ।’ चित्तामा राखेर जलाइसकेको राजसंस्था र हिन्दू धर्मको माग बोकेर आइरहेको काँग्रेस र राप्रपाले जनतामो आफ्नो एजेण्डा स्थापित गर्न नसकेपछि मासु, चिउरा र नगद बाँडेर मतदाता प्रभावित गर्न लागिरहेको उनको आरोप थियो । ‘आचारसंहिता बिपरित त्यस्तो कार्य गर्नेलाई वाइसीएल र युवा संघले लखेट्नेछ ।’ बलले भने–‘मण्डले गठबन्धनले यस्तो दुस्साहस गरेर जनतालाई अवमूल्यन नगर्दा हुन्छ ।’

कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटी सदस्य रामेश्वर रानाले आफूसहित धेरै नेताको जिन्दगी राजतन्त्रको अन्त्यका लागि बितेको सम्झँदै मकवानपुरमा प्रतिगामीहरु फेरि सल्बलाएको भन्दै त्यसको खुलेर प्रतिकार गर्न कार्यकर्तालाई निर्देशन दिए । 

कार्यक्रममा एमाले ३ नं प्रदेश कमिटी सदस्य एकराज उप्रेती, जिल्ला सदस्य नवराज सुवेदी, भूमिनन्द अर्याल, माओवादी केन्द्रका तर्फबाट रामहरि सुबेदी, रामप्रसाद कालाखेती लगायतले बाम एकताको औचित्यबारे प्रस्ट्याएका थिए । कार्यक्रम माओवादी केन्द्रका गाउँपालिका सचिव सन्जीव पाठकको सभाध्यक्षता, नेकपा एमालेका गाउँपालिका सचिवालय सदस्य मानबहादुर स्याङ्तानको स्वागत र माओवादी केन्द्रका गोपाल पौडेलको उद्घोषणमा सञ्चालन भएको हो । 
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg