nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

कमल थापा र इन्द्र बाँनीया बिरुद्ध उजुरी

kammmmm-1511777203.jpg

  मकवानपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंबर १ का उम्मेद्वार कमल थापा तथा निर्वाचन क्षेत्र नंबर २ अन्र्तगत प्रदेशसभा ९ख० का उम्मेद्वा इन्द्र बाँनीया विरुद्ध निर्वाचन कार्यालय हेटौँडामा आज उजुरी दर्ता भएको छ । 
निर्वाचन आचार संहिता बिरुद्ध काम गरेको भन्दै नेकपा एमाले निर्वाचन विभाग तथा उम्मेद्वार देवानन्द रेग्मीका प्रतिनिधि शिशिर पराजुलीले आज उजुरी दर्ता गरेका हुन् । 
प्रमुख निर्वाचन अधिकृतको कार्यालय हेटौँडामा पुगेर एमाले निर्वाचन विभाग प्रमुख धु्रवप्रसाद चौँलागाई तथा उम्मेद्वार देवानन्द रेग्मीका प्रतिनिधि पराजुलीले उजुरी दर्ता गराएका हुन् । 
उजुरीमा कमल थापाले मकवानपुरको वागमती गाउँपालिका मन्थली, गढी गाउँपालिका वडा नंबर २ तथा बकैया गाउँपालिका वडा नंबर ११ र १२ मा आचा संहिता विपरित पम्पप्लेट, पोष्टर टाँसेको तथा इन्द्र बाँनीयालृे राक्सीराङ गाउँपालिका वडा नंबर ९ मा डोजर चलाएको उल्लेख छ । 

उजुरीको विषयमा जानकारी दिँदै जिल्ला निर्वाचन अधिकृतको कार्यालय मकवानपुरका अनुगमन अधिकृत शिवप्रसाद बञ्जराले आफुहरुले सूचना प्राप्त गर्नसाथ अनुगमनको कामलाई सुरु गरिसकेको बताए ।
हेरौँ यस्तो छ उजुरी