Thursday, 10th September, 2026
वि.स.

कमल थापाले चर्च बनाउँछु भन्दा हाँसो लाग्योः सिग्देल

नेकपा एमाले मकवानपुरका अध्यक्ष मुनु सिग्देलले हिन्दु धर्मको वकालत गर्दै हिँडेका कमल थापाले चर्चहरु बनाइदिन्छु भन्दै हिँड्दा हाँसो उठेको बताएकी छिन् । 

मनहरीमा १३ मंसिरमा आयोजित क्रिश्चियन समुदायसँगको अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएकी हुन् । ‘धर्म निरपेक्षताका लागि कम्युनिष्टहरुले गरेको संघर्षले साकार रुप लिएको छ, अहिले आएर क्रिश्चियनको मत पाइन्छ कि भनेर कमल थापा समेत चर्च बनाइदिन्छु भन्दै हिँड्छन्’, प्रदेशसभातर्फ समानुपातिक उम्मेदवार समेत रहेकी सिग्देलले भनिन्–‘हिँजो पन्चायतकालमा पनि धार्मिक दमन गर्ने उनीहरु नै होइनन् ?’ सिग्देलले पन्चायतकालमा भएको धार्मिक दमनको समेत चर्चा गरेकी थिइन् । 

आफूले मन पराएको धर्म मान्न पाउने सबैको अधिकारलाई संविधानमा सुरक्षित गरिएको अहिलेको समयमा धार्मिक अधिकारका लागि लडेका कम्युनिष्टहरुलाई मतदान गर्न र हिन्दूधर्मको मात्र वकालत गर्ने भ्रष्टाचारी व्यक्तिहरु रहेको पार्टीलाई हराउन उनले आग्रह गरिन् । कार्यक्रममा क्रिश्चियन समुदायका मानिसहरुले आफूहरुमाथि परेको समस्यबारे बताएका थिए । चन्द्रसिंह चेपाङको सभाध्यक्षतामा भएको कार्यक्रममा बामगठबन्धनका उम्मेदवार राजाराम स्याङ्तानसहित बक्ताहरुले बोलेका थिए । 
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०