Saturday, 25th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

ओली सरकारले गर्यो किसानको ऋण मिनाहा !

सरकारले साना किसानहरुको ऋण मिनाहा गरेको छ । कृषि विकास बैंकबाट ऋण लिएका साना किसानहरुको ऋण मिनाहा गर्ने निर्णय सोमबारको मन्त्रिपरिषद बैठकले गरेको हो ।

बिहीबार निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले यस्ता ऋण सरकारले तिरिदिने बताएका हुन् ।कृषि विकास बैंकमा यस्तो ऋण २९ करोडभन्दा बढी र ब्याज एक अर्बभन्दा बढी पुगिसकेको छ ।

सरकारले सांसद सोमप्रसाद पाण्डे संयोजकत्वको राजनीतिक वार्ता टोलीलाई बाँकी काम गर्न १५ दिनको म्याद थपेको छ । गत मंसिर २४ गते बसेको मन्त्रिपरिषद बैठकले पाण्डे संयोजकत्वको टोलीको म्याद १५ दिन थपेको बिहीबार सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन् ।

त्यस्तै मन्त्रिपरिषदले गोरखापत्र संस्थानको सल्लाहकारमा टिकाराम राईलाई नियुक्त गर्ने निर्णय गरेको छ । राइलाई व्यवस्थापन, मार्केटिङ र प्रिन्टिङसम्बन्धि हेर्ने जिम्मेवारी दिएको छ । त्यसैगरी सरकारले बालाजु –त्रिसुली छहरे–विदुर सडक स्तरोन्नतीका लागि २६०० रुख हटाउन स्वीकृति दिएको छ ।

सरकारले काठमाडौं–निजगढ दू्रतमार्ग निर्माणका क्रममा क्षतिपूर्ति दिन छुट भएका १०५ जनालाई क्षतिपुर्ति दिने र भारतीय नोटहरु २ सय ५ सय र २ हजारका नोट गैरकानुनी भएकाले ति नोट चलनचल्तीमा नल्याउन र नबोक्न सुचना प्रकाशन गर्ने निर्णय पनि सरकारले गरेको छ ।

 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०