Thursday, 16th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

ओली समूहले बोलायो स्थायी कमिटी बैठक

सर्वोच्च अदालतको फैसलापछिको परिस्थितिका विषयमा छलफल गर्न नेकपा (ओली) समूहले स्थायी कमिटीको बैठक बोलाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने निर्णयलाई मंगलबार सर्वोच्च अदालतले बदर गरेको छ। यसै विषयमा छलफल गर्न ओली समूहले १२ फागुन बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटी बैठक बोलाएको हो।
बैठकमा सर्वोच्चको फैसलापछिको राजनीतिक परिस्थिति र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने नेकपाका एक नेताले बताए। ती नेताका अनुसार आकस्मिक बैठक भएकाले एजेन्डाका विषयमा जानकारी दिइएको छैन।

प्रधानमन्त्री ओलीले ५ पुसमा प्रतिनिधि सभा विघटन गर्ने निर्णय गरेका थिए। मन्त्रिपरिषदको रिफारिशमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी आगामी १७ र २७ वैशाखमा निर्वाचतकाे मिति घोषणा गरेकी थिइन्।

यसविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट निवेदन परेका थिए। त्यसमाथि लामो बहसपछि सर्वोच्च अदालतको संवैधानिक इजलासले मंगलबार प्रतिनिधि सभा विघटन गर्ने निर्णय बदर गर्ने फैसला सुनाएको थियो। यससँगै सर्वोच्चले १३ दिनभित्र संसद् अधिवेशन बोलाउन पनि आदेश गरेको छ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०