nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

ओली समुहको नेकपा केन्द्रीय सदस्यमा मकवानपुरका १२ जना

oli-1611380710.jpg

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहको केन्द्रीय सदस्यहरुमा मकवानपुरका १२ जना रहेका छन् । पहिले माधब–प्रचण्ड समुह सहितको नेकपामा ओली समुहका दुइजना मात्र केन्द्रीय सदस्य रहेका थिए ।

नेकपाले निर्बाचन आयोगमा माघ ८ गते बुझाएको एक हजार ५ सय १ जनाको केन्द्रीय कमिटीमा मकवानपुरका मात्र १२ जना केन्द्रीय सदस्य रहेका छन् । समुहमा विभाजन नहुँदाको समयमा नेकपा केन्दीय सदस्यमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र पार्टीका जिल्ला सहइन्चार्ज तथा केन्द्रीय सदस्य रामेश्वर राना रहेका थिए । अहिले भने अरु १० जना केन्द्रीय सदस्य थपीएका हुन् ।

निर्बाचन आयोगमा बुझाइएको नामावलीमा नेकपाका केन्द्रीय सदस्यहरुमा अनन्त पौडेल, अशोक कुमार ठकुरी, कृष्ण प्रसाद दाहाल, जुनेली श्रेष्ठ, बाबुराम दाहाल, मधुसुधन खतिवडा, महेश वतौला, रघुनाथ खुलाल, रामचन्द्र राई र सुवास चन्द्र ठकुरी चयन हुनु भएको हो । मकवानपुरमा रहेर लामो समय राजनीति गरेका नेताहरुलाई नेकपा ओली पक्षले केन्द्रीय सदस्यमा चयन गरेर निर्वाचन आयोगमा पठाएको हो ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)