Saturday, 24th October, 2026
वि.स.
pustakalay-1792211853.jpg

ओलीले पाँच दिन पर्खन पनि सकेनन्ः नेता न्यौपाने

Kedar-Neupant_manahariliv-1609951109.jpg

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पाँच दिन पनि पर्खन नसकेकाले देश दुर्घटनातिर गएको केन्द्रीय सदस्य केदार न्यौपानेले बताएका छन् ।  

मनहरी गाउँपालिकामा आयोजित गाउँ कमिटी बैठक तथा बिस्तारित भेलालाई सम्बोधन गर्दै न्यौपानेले पुस १० गते केन्द्रीय कमिटीको बैठकसम्म पुग्न पाएको भए संसद विघटन नहुने ठोकुवा गरे ।  ‘ओली कमरेडले हत्तारिएर संसद विघटन गर्नुभयो’, नेता न्यौपानेले भन्नुभयो–‘पुस १० गते बस्ने बैठकले सबै गाँठाहरु फुकाएर लैजानेमा हामी विश्वस्त थियौँ ।’ ५ बर्ष ओलीकै नेतृत्वमा सरकार चलाउने र अध्यक्ष पनि कायमै राख्ने अनि प्रचण्डलाई दिइएको कार्यकारी अध्यक्षको अधिकारको सूचि टुंग्याउने गरी केन्द्रीय सदस्यहरुबीच सल्लाह भइरहँदा ओलीले अकस्मात संसद बिघटन गरेर तानाशाही प्रबृत्ति हाबी गरेको न्यौपानेको आरोप थियो । ‘हुन त बैठकबाट कुरा मिल्ला भन्ने डर पनि होला उहाँलाई’, न्यौपानेले ब्यंग्य गर्दै भने–‘कुरा मिल्यो भने संसद भंग गर्ने सपना त पूरा हुने थिएन ।’ उनले भागवत गीताको प्रसंग उठाउँदै राजालाई वलवानहरुले पाता फर्काएर गुरुकोमा पछारेको सुनाए । भने–‘चुनाव जितेर हैसियत बिर्सेकाहरुलाई हैसियत देखाइदिने भनेको पाता फर्काएरै हो ।’ 

कार्यक्रमलाई सम्बोधन गर्दै कानूनविद् समेत रहनु भएको नेकपा नेता सूर्यचन्द्र न्यौपानेले विधि, विधान, पद्धति, बैठक नमान्ने ओली प्रबृत्तिले देश बर्बादितिर धकेकोलेको बताए । प्रदेश कमिटी सदस्य ललित घलानले ओलीका हावादारी योजना र भाषणले जनता वाक्क दिक्क भएको बताए । 
गाउँपालिका कमिटी अध्यक्ष रामप्रसाद कालाखेतीको सभाध्यक्षतामा भएको बैठकमा जिल्ला कार्यालय सदस्य श्रीधर पोखरेल, सचिवालय सदस्यहरु राजाराम स्याङ्तान, बनस्तम थिङ, रेखा पुलामीमगरले ओलीको असंवैधानिक कदमको विरोध गर्नु भएको थियो ।   
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg