Saturday, 24th October, 2026
वि.स.
pustakalay-1792211853.jpg

एम्बुलेन्स दुर्घटनामा पाँच जना घाइते

बिरामी लिएर काठमाडौंबाट सर्लाही आइरहेको एम्बुलेन्स चितवनको इच्छाकामना गाउँपालिका–३ पानीधारा भन्ने ठाउँमा पृथ्वीराजमार्गदेखि तल त्रिशूली किनारमा खस्दा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको चितवन प्रहरीले जनाएको छ ।

१६ भाद्र विहान सवा पाँच बजे उक्त दुर्घटना भएको मुग्लिन इलाका प्रहरी कार्यालयले जानकारी दिएको चितवन जिल्ला प्रहरी कार्यालयका एसपी नान्तीराज गुरुङले बताए । ना ५ च १०३३ नम्बरको एम्बुलेन्स आफै अनियन्त्रित भएर सडकबाट ५० मिटर तल खसेको हो ।

दुर्घटनामा सर्लाही बरहथवा नगरपालिका–२ की १५ वर्षीया बाधे राना मगर गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ । एम्बुलेन्स चालक झापा गौरीगञ्ज गाउँपालिका–१ का सरोज दाहाल पनि घाइते भएका छन् । उनको अवस्था मध्यम रहेको छ । अन्य घाइतेमा बरहथवाका ५० वर्षीया दिलमाया रानामगर, २६ वर्षकी मेककुमारी रानामगर, र ३४ वर्षका नरबहादुर मगर रहेका छन् । उनीहरुको अवस्था पनि मध्यम रहेको छ ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg