Tuesday, 28th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

एमाले १० नम्बरमा सपथग्रहण

हेटौंडा– नेकपा एमालेमा नयाँ सदस्य लिने र प्रबेश गर्नेहरुको लहर चलेको छ । जिल्लाको बिभिन्न भागमा नयाँ सदस्यता लिने र पार्टि प्रबेश गर्ने लहर बुधबार हेटौंडा– १० मा पनि देखिएको थियो । एमाले १० नम्बर बडा कमिटिको आयोजनामा भएको सपथग्रहण तथा पार्टि प्रबेश कार्यक्रममा सपथ गर्ने र प्रबेश गर्नेको लहर चलेको छ ।

नयाँ सदस्यता लिने र पार्टि प्रबेश गर्नेलाई एमाले मकवानपुरका नेताहरुले सपथग्रहण तथा स्वागत गरेका थिए । पार्टिको नयाँ सदस्यात लिने र प्रबेश गर्नेलाई एमालेका प्रदेश कमिटि तथा संबिधान सभा सदस्य अनन्त पौडेल, एमाले मकवानपुरका अध्यक्ष मुनु सिग्देलले सपथग्रहण तथा स्वागत गरेको बताइएको छ । एमाले १० नम्बरका अध्यक्ष शुरेस लामाको अध्यक्षतामा भएको कार्यक्रममा संबिधान सभा सदस्य अनन्त पौडेल, एमाले मकवानपुरका अध्यक्ष मुनु सिग्देल, पार्टि प्रदेश कमिटिका सल्लाहकार बिष्णु ओझा, एमाले मकवानपुरका सचिब एकालाल श्रेष्ठ, सहसचिब मिना लामा, सचिवालय सदस्य श्रीधर पोखरेल, पार्टि  हेटौंडा उपमहानगरपालिका कमिटीका संयोजक गोपाल बहादुर श्रेष्ठ र उपसंयोजक एव्म पुर्व उपमियर हरीबहादुर महतले शुभकामना तथा स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा पार्टि वडा कमिटिमा आएका ६१ जना नयाँ सदस्यले सपथ ग्रहण गरे भने नोपालि काग्रेस परित्याग गरी कुमार लामा, माओवादी केन्द्रबाट सुनकुमार श्रेष्ठ, राप्रपा बाट कुमार खड्का, नारायण शाक्य, कमला आचार्य, सरस्वती कार्की,दिपा लामा, शुसिला न्यौपाने सहित १ सय ५० जना प्रबेश गरेको वडा अध्यक्ष शुरेस लामाले जानकारी दिए ।