Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

एमाले समाजवादी रहेन, माधव नेपालकाे पार्टी एकीकृत समाजवादी

IMG_20210820_143554-1629449663.jpg

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको पार्टीको नाम फेरिएको छ । अब पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी अर्थात् नेकपा एकीकृत समाजवादी हुने नेता नागेन्द्र चौधरीले जानकारी दिए ।

बुधबार मात्र नेकपा एमालेबाट अलग भएको नेपाल समूहले नेकपा एमाले समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । तर निर्वाचन आयोगका अधिकारीहरुले सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार एउटा पार्टीको नाममा विशेषण झुण्ड्याएर अर्को दल दर्ता गर्न नमिल्ने बताए ।

राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार नियमावली अनुसार ४ भदाैमा नयाँ निवेदन दिँदा नाम पनि फेरिएको छ । नेकपा एकीकृत समाजवादी नाम प्रस्ताव गरिएको छ भने ९५ सदस्यीय केन्द्रीय कमिटीलाई विस्तार गरेर ११५ पु¥याइएको छ । चुनाव चिन्ह भने तय भएको छैन ।