Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

एमाले मकवानपुरले दियो जनप्रतिनीधिलाई प्रशिक्षण

नेकपा एमाले मकवानपुरले इन्द्रसरोवर गाउँपालिकामा निर्वाचित जनप्रतिनीधिलाई प्रशिक्षण दिएको छ । एमालेका तर्फबाट गाउँपालिका र बिभिन्न बडामा निर्वाचित जनप्रतिनीधिलाई २ असोजमा प्रशिक्षण दिइएको हो ।

पार्टिले सञ्चालन गरेको प्रशिक्षणमा गाउँमा रहेर जनताकोलाई सहज हुनेगरी काम गर्ने, स्थानिय तहमा आउने निती तथा कार्यक्रम सहित पार्टिलाई बलियो बनाउँदै पार्टिसँगको समन्वयमा काम गर्नका लागि निर्वाचित प्रतिनीधिहरुलई प्रशिक्षण दिइएको एमाले मकवानपुरका सचिब एकालाल श्रेष्ठले जानकारी दिए ।

प्रशिक्षणमा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज बिरोध खतिवडा, नेपाल नगरपालिका संघका केन्द्रीय अध्यक्ष डोरमणी पौडेल, सांसद सुवासचन्द्र ठकुरी, इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जिवन लामा लगाएतकाले मन्तव्य व्यक्त गरेका थिए । 

इन्द्रसरोवर गाउँकमिटिका अध्यक्ष देबकृष्ण पुडासैनीको अध्यक्षतामा भएको प्रशिक्षणमा गाउँपालिकामा रहेका २९ जना जनप्रतिनिधि मध्य एमालेबाट बिजयी भएका २४ जना सहित पार्टिका गाउँतहका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।