nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 28th April, 2024
वि.स.
1000043965-1707579226.jpg

एमाले मकवानपुरमा प्रवेशको घुँइचो, नयाँ शक्तिका ३ सय जना प्रवेश 

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको निर्वाचन आउँन ५ दिन मात्र बाँकी रहँदा एमाले मकवानपुरमा प्रवेशको घुँइचो लागेको छ । १६ मंसिरमा एमालेको पार्टी कार्यालय हेटौँडामा नयाँ शक्ति निकट समाजवादी ई रिक्सा मजदुर संघका केन्द्रीय अध्यक्ष सुधिर थापा जिल्ला अध्यक्ष रत्नबहादुर महत्तरा सहित सबै २ सयजना सदस्यहरु एमालेमा प्रवेश गरेका हुन् । 

कार्यक्रममा नयाँ शक्तिका अन्य एक सय जना पनि प्रवेश गरेका छन् । कार्यक्रममा नव प्रवेशीलाई एमालेका केन्द्रीय सदस्य केदार न्यौपाने, जिल्ला अध्यक्ष मुनु सिग्देल सहितले एमालेमा स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै एमालेका युवा नेता प्रल्हाद लामिछानेले ढिला चाँडो सबैजना एमालेमा प्रवेश गर्ने बताए । एमालेको नेतृत्वमा निर्माण भएको वाम गठवन्धनलेनै मुलुकको समृद्धिलाई अघि बढाउने उनको भनाई रहेको छ । 

कार्यक्रममा बोल्दै एमालेका केन्द्रीय सदस्य केदार न्यौपानेले वाम गठवन्धनले मुलुकभरमा दुई तिहाई मत सहित ५ वर्षसम्मको स्थानीय सरकार निर्माण गर्नेकुरामा ढुक्क रहन सबैलाई आग्रह समेत गरेका छ



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)