nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

एमाले भीमफेदीको उमेद्वार घोषणा: अध्यक्षमा हिदम लामा

नेकपा एमालेले यहि ३१ वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि भीमफेदी गाउँपालिकामा हिदम लामालाई अध्यक्षको उमेद्वार घोषणा गरेको छ । 
एमाले केन्द्रिय सर्कुलर अनुसार २०७३ चैत्र २९ मा वडा तहको उम्मेदवार छनौट र २०७३ बैशाख २ गते नगर तथा गाउँपालीकाको लागि नगर प्रमुख, उपप्रमुख तथा अध्यक्ष रउपाध्यक्ष उम्मेदवार तय गरेको हो । उमेद्वार लामा भीमफेदी गाउँपालिकाका संयोजक पनि हुन् । नेकपा एमाले ३ नम्बर प्रदेश सल्लाहकार ठाकुर राम खड्काको प्रमुख आतिथ्यमा २ वैशाखमा भएको बैठकले लामालाई अध्यक्षको उमेद्वार घोषणा गरेको हो । 

गाउँपालिकाको १ नम्बर वडा भैसेको अध्यक्ष पञ्चमायां स्याङ्तान, सदस्यमा सुनिल गोले, भीम बहादुर घिसिङ, महिला सदस्यमा लक्ष्मी कान्छी पाख्रीन, दलित महिलामा र्निमला सुनवार, वडा नम्बर २ भैसेमा अध्यक्ष काशीराम बज्यू, सदस्यमा कर्ण बहादुर पाख्रिन, गोबिन्द थापा, महिला सदस्यमा रेणु माया जर्गा, दलित महिलामा बिमला कलवार, ३ नम्बर वडा निबुवाटारमा अध्यक्ष भरतसिं पाख्रिन तथा सदस्यमा प्रकाश पौडेल, राम बहादुर थापा, महिला सदस्यमा बुद्ध कुमारी थिङ, दलित महिलामा भद्र कुमारी सुनवार, ४ नम्बर वडा निबुवाटारमा अध्यक्ष पदको उमेद्वार टुङ्गो लागेको छैन भने सदस्यमा बिर बहादुर थिङ, ज्ञानु पुडासैनी, महिला सदस्यमा मखमली राना, दलित महिलामा रमा सुनवारको उमेद्वारी घोषणा भएको छ ।

त्यस्तै ५ नम्बर वडा भीमफेदीमा अध्यक्ष जहार सिंह लामा, सदस्यमा तिलक प्रसाद रेग्मीे, महिला सदस्यमा चेत कुमारी पुडासैनी, दलित महिलामा बिमला बि.क, ६ नम्बर वडा भीमफेदीको सदस्यमा सन्त घिसिङ, रेशम बहादुर पुलामी, महिला सदस्यमा मंङला श्रेष्ठ, दलित महिलामा सरीता परीयार, ७ नम्बर वडा कोगटेमा अध्यक्ष पदको उमेद्वार टुङ्गो लागेको छैन भने सदस्यमा शेर बहादुर गरन्जा, जगत बहादुर घलान, महिला सदस्यमा रुपा सारु, दलित महिलामा मखमली बि.क., ८ नम्बर वडा  इपामा अध्यक्ष पदको उमेद्वार टुङ्गो लागेको छैन भने महिला सदस्यमा सिता थिङ, दलित महिलामा मेनुका बि.क., ९ नम्बर वडा नामटारमा अध्यक्ष पदको उमेद्वार टुङ्गो लागेको छैन भने सदस्यमा अर्जुन बल, महिला सदस्यमा बिष्णुमायाँ रुम्बा, दलित महिलामा साबित्री बि.क.को उमेद्वार रहने नेकपा एमाले भिमफेदीले जनाएको छ । 

जिल्लामा सिफारीस नामावलीको निर्णय २०७४ बैशाख ६ गतेसम्ममा तय हुने एमाले प्रदेश नं. ३ सल्लाहकार ठाकुर राम खड्काले जानकारी दिए । कार्यक्रमको अवसरमा नेकपा माले भिमफेदी गाउँपालिका सचिब खडग बहादुर रेग्मी सहित कार्य समिति एमालेमा प्रवेश गरेको छ ।

सुरेन्द्रराज थिके/भीमफेदी



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)