Monday, 26th October, 2026
वि.स.
pustakalay-1792211853.jpg

एमाले भीमफेदी खनियो जनपरीचालनमा 

नेपाल कम्यूनिष्ट पार्टी जिल्ला कमीटी मकवानपुरको कार्यक्रम अनुसार २४ मंसीरमा भीमफेदी गाविसमा संबिधान कार्यान्वयनको लागि जनपरीचालन अभीयान कार्यक्रम योजना तयारी सम्पन्न भएको छ । 

भीमफेदी गाउँ कमिटि उपाध्यक्ष लक्ष्मी पुडासैनीले संचालन गरेको कार्यक्रममा जिल्ला कमिटि मोर्चा संयोजक तथा भीमफेदी गाउं पालीका अभियान प्रमुख श्रीधर पोख्रेल प्रमुख आतीथ्य तथा गाउं कमिटिको अध्यक्ष मङ्गला देवी श्रेष्ठको सभाध्यक्षतामा भएको हो । योजना अन्तर्गत पौष २ देखि १६ गतेसम्म भीमफेदीे गाउं कमिटिको वडा स्तरयि बैठक, वडा कमिटिको गठन पुनर गठन तथा संगठन बिस्तार कार्य रहने छ ।  माघ महिना भर पार्टि प्रशिक्षण र फागुन महिनामा गाउं वडा नगर जन परीचालन अभियान रहने छ । 

गाउँ कमिटि अन्तर अभीयानको लागि ९ वटा टोली गठन गरेको छ । स्थानीय निर्वाचन, जन परीचालन तथा ‘संबिधान कार्यान्वयनको लागि जन परीचालन’ गर्ने तथा भावी रणनिती बनाउने मुख्य कार्यमा केन्द्रित रहने उद्धेश्य रहेको भीमफेदी गाउं पालीका अभीयान प्रमुख श्रीधर पोख्रेलले बताए । गाउँ कमिटि भेलाले भीमफेदी गाविसमा तपसिलको वडा कार्य योजना तयार गरेको छ । वडा नं. १ मा पौष २ गते सहजकर्ता रेशम पुलामी,  वडा नं. ३ मिति २०७३ पौष ४ गते सहजकर्ता सिता लामा,  वडा नं. ५ मा २०७३ पौष ५ गते सहजकर्ता सानु थापा मनोज, वडा नं. २ र ४ मिति २०७३ पौष ७ गते सहजकर्ता मङ्गला देवी श्रेष्ठ र बिष्णु लाल मिजार, वडा नं. ६ मिति २०७३ पौष ९ गते सहजकर्ता चण्डीका दाहाल, वडा नं. ७ मिति २०७३ पौष ७ गते सहजकर्ता लक्ष्मी पुडासैनी, वडा नं. ८ मिति २०७३ पौष १२ गते सहजकर्ता मदन राना र वडा नं. ९ मिति २०७३ पौष १६ गते सहजकर्ता रीता आले तोकिएकाछन् ।

-सुरेन्द्र राज थिंके/भीमफेदी
 



Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg