nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

एमाले नेता राना सर्वसम्मत प्रदेश सभाको उमेद्वार

नेकपा एमाले प्रदेश नम्बर ३ का सदस्य रामेश्वर राना प्रदेश सभाको उम्मेदवार बन्ने भएका छन् । रानालाई मकवानपुुर क्षेत्र नम्बर ३ बाट सर्वसम्मत रुपमा प्रदेश सभाका लागि उम्मेदवार सिफारिस गरिएको एमाले मकवानपुरले जानकारी दिएको छ । 

प्रदेशसभाका लागि उमेद्वार छान्न १८ असोजमा मकवानपुरको निबुवाटारमा एमाले प्रदेश सभाका संयोजक विष्णु ढकालको अध्यक्षतामा बसेको पार्टीको बैठकले रानालाई सर्वसम्मत उमेद्वार बनाउने निर्णय गरेको हो । 

बैठकमा एमाले जिल्ला सचिवालय सदस्यहरु, एमाले प्रदेश सभा सदस्यहरुलगायत एमाले नेताहरुको उपस्थिती रहेको थियो । नेकपा एमाले मकवानपुरकी उपसचिव मीना लामाले बैठकको सहजीकरण गरेकी थिइन् । बैठकका सहभागीहरुलाई एमाले क्षेत्रिय अध्यक्ष बिदुर हुमागाइले स्वागत गरेका थिए । 

उमेद्वार राना मकवानपुरका पूर्व जिल्ला सभापति हुन् भने पार्टीको पूर्व जिल्ला अध्यक्ष हुन् । उनले विद्यार्थी जीवनबाटै राजनीति शुरु गरेका हुन् । 

यि हुन क्षेत्रले सिफारिस गरेका एमाले मकवानपुरका प्रदेश सभा सांसदको उम्मेद्वारः

प्रतिनिधिसभा क्षेत्र नंबर १
प्रदेशसभा क्षेत्र नंबर १ 

१. रामचन्द्र राई
२. बद्री लम्साल
३. अणराज जर्गामगर
४.कमल विष्ट
५. कृष्णप्रसाद चौँलागाई
६. मदन दाहाल
७. सिता विष्ट
क्षेत्र नंबर २
१. डोरमणी पौडेल
२. श्रीधर पोखरेल
३. गायत्री सुबेदी

प्रतिनिधिसभा क्षेत्र नंबर २
प्रदेश नंबर १

१. राजाराम स्याङतान
२. महेश बर्तौला
३. पिभि गोले
४. दुर्गा सुबेदी
क्षेत्र नंबर २ 
१. रामेश्वर राना (सर्वसम्वत)



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)