nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 18th April, 2024
वि.स.
1000043965-1707579226.jpg

एमाले नेता महेश बस्नेत १३ असोजमा थाहानगर आउने

mahesh-बस्नेत-1632316331.jpg

नेकपा एमाले नेता महेश बस्नेत थाहा नगरपालिका आउने भएका छन् । युवा संघ नेपाल थाहा नगर सम्मेलनमा सम्बोधन गर्न यही १३ असोजमा नेता बस्नेत थाहानगर आउन लागेका हुन् । 

एमालेमा प्रभावशाली मानिने युवा नेता बस्नेतको प्रमुख आतिथ्यतामा नगरस्तरीय युवा सम्मेलन आयोजना गर्न लागेको युवा संघका थाहानगर संयोजक प्रदिप भट्टले जानकारी दिए । सन् २००८ मा युथ फोर्स नेपालका अध्यक्ष भएका नेता बस्नेत सन् २००९ मा युवा संघको अध्यक्ष भएका थिए । हाल उनी नेकपा एमालेको युवा संघ इन्चार्ज रहेका छन् ।

सम्मेलनमा नेता बस्नेत नै आउने भएपछि युवा सहभागितामा बढी जोड दिइएको युवा संघ थाहा नगर संयोजक भट्टले थाहा टाइम्सलाई  जानकारी दिए । पाँच सय सिट क्षमता रहेको पालुङ जेसीजको सभा हलमा सम्मेलन आयोजना गर्न लागेको युवा संघले जनाएको छ । 

सो कार्यक्रमबाट युवा संघ थाहा नगर कमिटी र खेलकुद महासंघ थाहा नगर कमिटीको घोषणा गरिने कार्यक्रम रहेको नेकपा एमाले थाहा नगर कमिटी  ंअध्यक्ष अच्युत्तमप्रसाद ढकालले जानकारी दिए ।