Thursday, 16th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

एमाले थाहा–काठमाण्डौँ सम्पर्क मञ्चको अध्यक्षमा अनित विष्ट

anit-1632574414.jpg

नेकपा एमाले  मकवानपुर–काठमाडौं सम्पर्क मञ्चको भेलाले थाहानगर–काठमाडौं सम्पर्क मञ्च गठन गरेको छ । युवा नेता अनित बिष्टको अध्यक्षतामा मञ्च गठन गरिएको हो । 

मकवानपुरका संघीय सांसद कृष्णप्रसाद दाहालको प्रमुख आतिथ्यता र संविधान सभा सदय सुभाषचन्द्र ठकुरीको विशेष आतिथ्यतामा सम्पन्न भेलाले उपाध्यक्षमा थाहा–९ का रुपेश श्रेष्ठ, सचिवमा थाहा १२ का मेयरसिं स्याङ्तान, कोषाध्यक्षमा थाहा ७ कि यमुना थापा, सदस्यहरुमा शम्भु खत्री, सुर्य बिन्दु थोकर लगायतलाई चयन गरेको छ । 

बिष्ट हाल राष्ट्रिय युवा संघ नेपाल मकवानपुर जिल्ला कमिटी सदस्य रहेका छन् भने विभिन्न  समाजिक संघसंस्थामा क्रियाशील छन् । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०