nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

एमाले थाहानगरको १२ वटै वडा अधिवेशन ६ कात्तिकमा

uml_new_logo-768x422-1634831998.jpg

थाहा नगरपालिकाका सबै वडाहरुमा नेकपा एमालेले एकै दिन वडा अधिवेशन गर्ने भएको छ । पार्टीको केन्द्रीय निर्णय र जिल्ला कमिटीको सर्कुलर अनुसार ६ कात्तिकमा नगरका सबै वडाहरुमा एक साथ वडा अधिवेशन गर्ने तयारी गरिएको नेकपा एमाले थाहा नगरका अध्यक्ष अच्युत्तमप्रसाद ढकालले जानकारी दिए । 

३ कात्तिकमा बसेको नेकपा एमाले थाहा नगर कमिटीको पूर्ण बैठकले वडा अधिवेशनको कार्यविधि तयार गर्नुका साथै वडा अधिवेशन सम्पन्न गर्न प्रतिनिधिहरुसमेत तोकेको नगर अध्यक्ष ढकालले जानकारी दिए । 

ढकालका अनुसार नगर कमिटीको तर्फबाट वडा अधिवेशन सम्पन्न गर्न वडा नम्बर १ मा प्रदिप प्रधान, २ मा श्यामभक्त श्रेष्ठ, ३ मा लक्ष्मण बर्तौला, ४ मा जितबहादुर थोकर, रामराजा केसी, नारायण बल , ५ मा कमल कार्की, चमेली वाइबा, कृष्ण मोक्तान, संजिब बल र ६ मा मनहरि भट्टलाई जिम्मेवारी तोकेको छ । 

त्यसैगरी वडा नम्बर ७ मा अनुरोध स्याङ्तान, देवराज गोले, ८ मा शिब कार्की, ९ मा रामकृष्ण बस्नेत, १० मा उत्तम लामिछाने, ११ मा बिएम स्याङ्तान र १२ मा मानबहादुर स्याङ्तानलाई जिम्मेवारी तोकिएको एमाले थाहा नगरले जनाएको छ । 

थाहा नगरमा रहेका एमाले जिल्ला कमिटी सदस्यहरु पनि वडा अधिवेशन सम्पन्न गर्न खटिएका छन् । एमाले जिल्ला सचिवालय सदस्य विष्णुप्रसाद ढकालका अनुसार  एमालेका २१ जना जिल्ला कमिटी सदस्यहरुलाई वडा अधिवेशनका लागि जिम्मेवारी तोकिएको छ । प्रदेश कमिटी सदस्य सुभाषचन्द्र ठकुरी, वरिना बल, जिल्ला सचिवालय सदस्य विष्णुप्रसाद ढकाल, जिल्ला कमिटी सदस्य बुद्धरत्न मानन्धर, नगर अध्यक्ष अच्युत्तमप्रसाद ढकाल र नगर सचिब कुमार नेगीले वडा अधिवेशनको अनुगमन र सहजीकरण गर्नेगरी जिम्मेवारी तोकिएको छ । 

वडा अधिवेशनले आगामी ३ वर्षका लागि अध्यक्ष–१, उपाध्यक्ष–१, सचिब–१ र उपसचिब–२ गरी ५ जना पदाधिकारीसहित ३१ जनाको वडा कमिटी गठन गर्नेछ । त्यसैगरी नगर अधिवेशनका लागि आवश्यक प्रतिनिधिहरु पनि वडा अधिवेशनले नै चयन गर्नेगरी सर्कुलर जारी गरिएको एमाले थाहानगर सचिब कुमार नेगीले जानकारी दिए । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)