nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

एमाले थाहानगरको रणनीति : संगठन बनाउने, प्रचार नगर्ने

191503322_828587678027845-1631949630.jpg

सूर्य चिन्हबाट थाहा नगरपालिकाको ६ वडाध्यक्षसहित २६ सिट जितेको नेकपा एमालेले गत एक एक महिनाको अवधिमा थाहा नगरपालिकामा विभिन्न तहका ४१ कमिटीहरु निर्माण गरिसकेको छ । थाहा नगरमै क्रियाशील अन्य पार्टीहरुका टोल कमिटी गठनका समाचारसमेत आइरहँदा एमालेको भने नगरस्तरकै भेला र कार्यक्रमहरुको समेत समाचार नआउनुको पछाडि उसको रणनीति नै प्रचारमा नल्याउने रहेको बुझिएको छ । कुनै पनि बैठक र भेलाको तस्वीरसमेत सार्वजनिक नगर्ने एमालेको रणनीति रहेको बुझिएको छ । सोही कारण केही अपवादबाहेक फेसबुकमा समेत उसका भेलाका फोटोहरु सार्वजनिक भएका छैनन् । 

एमाले जिल्ला कमिटी सदस्य सुरेन्द्रमान प्रधानले प्रचारमा जानुभन्दा संगठन निर्माण गरेर जनतामा जानु बढी उपयुक्त देखिएकोले एमालेको यो शैली अघोषित रणनीति नै बनेको बताए । एमालेले पछिल्लो ३ महिनाको अवधिमा  थाहानगरमा ठूला भेलाहरुसमेत आयोजना गरिसकेको उनले जानकारी दिए । एमाले थाहा नगर अध्यक्ष अच्युत्तम प्रसाद ढकालका अनुसार थाहामा एमालेका केन्द्रीय सदस्य रामेश्वर राना, अर्का केन्द्रीय सदस्य अनन्त पौडेल, संविधान सभा सदस्य सुभाषचन्द्र ठकुरी, तत्कालीन जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ, सचिब लालबहादुर थापा लगायतले विभिन्न भेलालाई सम्बोधन गरेका थिए । वडा नम्बर ११ को वडा भेलामासमेत केन्द्रीय सदस्य रामेश्वर रानाले सम्बोधन गरेका थिए । 

एमाले श्रोतका अनुसार थाहा नगरको वडावडामा वडा इन्चार्जहरुले संगठन परिचालनको नेतृत्व गरिरहेका छन् भने उनीहरुले एमाले नगर कमिटी अध्यक्ष ढकाल र सचिब कुमार नेगीसँग समन्वय गरिहेका छन् । त्यसैगरी थाहामा रहेका एमाले जिल्ला कमिटी सदस्यहरुले भेलाहरुलाई सम्बोधन गर्दै आइरहेका छन् । वडा नम्बर ४ को भेलामा जिल्ला सदस्य केदार बल, वडा नम्बर ७ को भेलामा जिल्ला सदस्य गणेशमान श्रेष्ठ, वडा नम्बर १ को भेलाहरुमा जिल्ला सदस्य सुरेन्द्रमान प्रधान, वडा नम्बर २ को भेलाहरुमा जिल्ला सदस्य बिमलकुमार ढकाल, वडा नम्बर ६ को भेलामा जिल्ला सदस्य शशिधर सुवेदी, वडा नम्बर १२ को भेलामा जिल्ला सदस्य राजेन्द्रकुमार लामा लगायतले प्रमुख आतिथ्यता गरेको बताइएको छ । 

यसैबीच विभिन्न वडाहरुमा गरी तीन दर्जन बढी युवाहरु एमाले प्रवेश गरिसकेको नेकपा एमाले थाहानगर सचिवालयले जनाएको छ । एमालेमा प्रवेश गर्नेहरुलाई पार्टीले नियमित सम्पर्क गर्ने र प्रशिक्षण दिएर थप प्रतिवद्ध बनाउने रणनीति लिएको एमाले नेताहरु बताउँछन् । 

एमालेले थाहा नगरमा युवा र महिलाहरुको भेलालाई पनि तीव्रता दिएको छ । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)