Thursday, 16th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

एमाले जिल्ला कमिटी सदस्यमा थाहानगरबाट दर्जन बढीको दावी, बिष्णुप्रसाद ढकालको उपाध्यक्षमा तयारी

uml-11-1641368106.jpg

नेकपा एमाले मकवानपुरको आसन्न ११औँ जिल्ला अधिवेशनमा थाहा नगरबाट झण्डै एक दर्जन प्रतिनिधिहरुले जिल्ला कमिटी निर्वाचनअन्तर्गत् सदस्यमा दावी गर्ने भएका छन् । हाल जिल्ला कमिटी सचिवालय सदस्य रहेका बिष्णुप्रसाद ढकालको भने उपाध्यक्षमा दावी रहने भएको छ ।

थाहाटाइम्ससित कुरा गर्दै नेता ढकालले जिल्ला कमिटी उपाध्यक्षको लागि आफ्नो तयारी रहेको बताए । जिल्ला कमिटी सदस्यहरुमा भने थाहानगरबाट शशिधर सुवेदी, श्यामभक्त श्रेष्ठ, सुरेन्द्रमान प्रधान, केदार बल, चित्रबहादुर बलामी, हरि गोपाली, कल्पना बलामी, राजेन्द्रकुमार लामा, शिवराम थापा, काजीमान थिङ, रमेश सेन्च्युरी लगायत एक दर्जन नेताहरुको दावी रहने बुझिएको छ ।

थाहानगरबाट हाल जिल्ला कमिटीमा रहेका २३ जना, नगर अध्यक्ष र वडाबाट छानिएका ४० जना गरी ६४ जना जिल्ला अधिवेशन प्रतिनिधिहरु रहेका छन् । एमालेको ११औँ जिल्ला अधिवेशन २३ पुसबाट हेटौँडामा हुँदैछ । अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिब र दुई उपसचिबसहित १०५ सदस्यीय कमिटी निर्वाचित गर्नेछ । 

एमालेको जिल्ला अध्यक्षमा बद्रि लम्साल र एकालाल श्रेष्ठको दावी रहने बुझिएको छ । तर नेताहरुले भने मकवानपुरमा सर्वसम्मत् नेतृत्व चयन गर्ने बताउँदै आएका छन् । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०