Saturday, 25th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

एमालेले सातै प्रदेशमा समानुपातिक सदस्य छान्यो, अधिकांश महिला परे

नेकपा एमालेले सात वटै प्रदेशमा समानुपातिक सदस्य छनोट गरेको छ । एमालेले सबै प्रदेशमा गरी ७५ सिट पाएको छ । प्रदेश ७ मा ८ सिट पाएको एमालेले सबै महिलाको नाम पठाएको छ । कुल सिटको ३३ प्रतिशत महिला हुनु पर्ने संवैधानिक व्यवस्था भएकाले प्रदेश ७ को समानुपातिकमा सबै महिला पठाइएको हो ।

एक नेताले भने, ‘प्रदेश २ र ४ मा मात्र पुरुष छन् । अरु प्रदेशमा समानुपातिकतर्फ सबै महिला मात्र पारेका छन् ।’ यससँगै पोलिटब्यूरो सदस्य कर्णबहादुर थापा प्रदेश ७ को समानुपातिकमा परेनन् । उनी मुख्यमन्त्रीका दाबेदार हुन् र पूर्वसांसद समेत रहेका थापा समानुपातिक सूचीमा खस आर्यको कोटामा पहिलो नम्बरमा थिए ।

यो प्रदेशमा प्रत्यक्षतर्फ १७ सिट जितेको एमाले कुल २५ सिटसहित सबै भन्दा ठूलो दल बनेको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०