nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

एमालेले फाखेलमा जनपरिचालन शसक्त बनाउने

संविधान कार्यान्वयनका लागि नेकपा एमालेको जनपरिचालन अभियान अन्तर्गत १८ मंसीरमा मकवानपुर जिल्लाको इन्द्रसरोबर गाउँपालिकाको वडा नं ४ र ५ को फाखेल पुरण्डीमा सम्पन्न संयुक्त भेलाले वडास्तरमा दुई टोली बनाइ अभियानलाई थप शसक्त बनाउने निर्णय भएको छ । नेकपा एमाले जिल्ला कमिटी सदस्य एवम् थाहानगरर फाखेल गाउँ इन्चार्ज रामचन्द्र बलको प्रमुख आतिथ्य तथा फाखेल अभियानका अभियान प्रमुख राजुमान महर्जनको उपस्थितिमा इन्द्रसरोवर गाउँपालिका वडा नं ४ मा धनबिर स्याङ्तानको संयोजकत्वमा १५ र वडा नं ५ मा धनराज महर्जनको संयोजकत्वमा १५ सदस्यीय वडा स्तरिय अभियान टोली गठन भएको हो । 

भेलाले राजुमान महर्जनको संयोजकत्वमा सात सदस्यीय सचिवालय समेत गठन गरेको छ । समितिको सदस्यहरुमा धनबिर स्याङ्तान, उमेश बस्नेत, धनराज महर्जन, हरिमाया लामा, केशरराज लामा र कार्यालय सचिब पुस्कल गोले सागर रहेका छन् ।  भेलाले आगामी पौष ९ गतेको कार्यक्रमलाई सफल पार्न सबै अभियान टोलीलाई परिचालन गर्ने निर्णय समेत गरेको छ ।

-पुस्कल गोले सागर



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)