Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

एमालेमा खुले मकवानपुरगढीका अध्यक्ष र उपाध्यक्ष

humagain-and-rumba-1024x5-1629969910.jpg

नेकपा एमालेमा विभाजन आएपछि एमालेबाट विजयी मकवानपुरका जनप्रतिनिधिहरु एमालेमै खुल्न थालेका छन् । 

यसैबीच मकवानपुरगढीका गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष दुबै नेकपा एमालेमै रहने भएका छन् । निर्वाचन आयोगले २१ दिनभित्र दल रोज्नको लागि समय दिएको भए पनि गाउँपालिका अध्यक्ष बिदुर हुँमागाई र उपाध्यक्ष हर्कमाया रुम्बाले आफूहरु आजीवन एमाले रहेको र अब पनि एमाले नै रहने बताए ।

फुटले राजनीतिलाई फाईदा नगर्ने र आफू सँधै फुटको बिरुद्ध रहेको जनाउँदै अध्यक्ष हुमगाईले भने ‘म टुटफुटमा विश्वास गर्दिन, म एमालेमै छु र हाम्रो उपाध्यक्षज्यू पनि एमालेनै हुनुहुन्छ ।’ खबरब्रेकको सहयोगमा



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०