nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

एमालेबिना सम्बृद्धि असम्भवः पूर्वअर्थमन्त्री पाण्डे

मनहरी–नेकपा एमालेबिना राष्ट्रको सम्बृद्धि नहुने पूर्वअर्थमन्त्री तथा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले दाबी गरेका छन् । 
नेकपा एमाले मनहरी गाउँ कमिटीद्वारा सोमबार आयोजित आर्थिक सम्बृद्धि र नेकपा एमालेको नेतृत्व बिषयक प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘नेपालमा कम्युनिष्ट पार्टीको स्थापनादेखिका अहिलेसम्मका राजनीतिक, सामाजिक र सांस्कृति उन्नतिमा एमालेको भूमिका सबैले बुझेकै छन्’, स्थायी कमिटी सदस्य पाण्डेले भने–‘राष्ट्रियता, जनजीविका र जनताले सेवा सुविधा दिलाउने बिषयमा एमालेले खेलेको भूमिकालाई कसैले पनि कम ठानेका छैनन् ।’ 
सामाजिक सुरक्षा भत्ता कार्यक्रम, जनता आवास कार्यक्रम, कक्षा १२ सम्म निःशुल्क शिक्षा तथा स्वास्थ्य बीमाका कार्यक्रम नेकपा एमालेले ल्याएको उल्लेख गर्दै उनले राज्य सञ्चालनको जिम्मा पाउँदा बालबालिकादेखि बृद्धसम्मलाई समेटेर लोकप्रिय कार्यक्रम ल्याएकै कारण आफूहरुमाथि अरु पार्टीहरुको कुदृष्टि परेको बताए । ‘राम्रो काम गर्न थालेका थियौँ, सबै मिलेर पाखा लगाउने काम एमालेलाई गरिएको छ’, पाण्डेले भने–‘तर जनताका माझमा एमाले झन् बलियो बन्दै गइरहेको छ । 
उनले आर्थिक सम्बृद्धिको बाटो समात्नका लागि युवाहरुलाई आग्रह समेत गरे । उनले एमालेले प्रस्तुत गरेको लोकप्रिय कार्यक्रम, योजना तथा बजेटहरुबाट अरु पार्टीहरु समेत अत्तालिएको भन्दै समृद्ध नेपाल निर्माणका लागि एमालेको योजना रहेको बताए । नेपालजस्तो सानो मुलुकमा बिकसित देशहरुभन्दा बढी सुविधाहरु बढ्दै गएको उनले टिप्पणी गरे । देशमा राष्ट्रपति र उपराष्ट्रपति पदमध्ये एकमा महिला अनिबार्य हुने ब्यवस्था तथा सभामुख र उपसभामुखमध्ये एकमा महिला अनिबार्य हुने व्यवस्था विश्वकै राम्रो व्यवस्था भएको उनले नजिर प्रस्तुत गरे । ‘संसारमा महिलालाई उच्च पदमा पु¥याउने देश कहाँ कहाँ छन् ?’, उनले प्रश्न गरे–‘सबैभन्दा शक्तिशाली भनिएको त्यही अमेरिकामा समेत यस्तो व्यवस्था छैन ।’ 
उनले राजनीतिक प्रसंग जोड्दै संविधान संशोधन अरुकै इसारामा भइरहेकाले नेपाली भाषा र जातिमाथि आक्रमण भइरहेको बताए । अंगीकृत नागरिकताको प्रसंग उठाउँदै भारतबाट नेपालमा बिवाह गरेकी युवतीले १० बजे विवाह गरेर २ बजे नेपालको जनप्रतिनिधि बन्नसक्ने गरी संशोधन ल्याइएको भन्दै बिरोध गरे । उनले भारतमा नेपाली युवतीको विवाह हुँदा ७ बर्षपछि मात्रै नागरिकता पाउने उल्लेख गर्दै नेपालमा संविधान संशोधनमार्फत भारतीय चलखेल बृद्धि गर्न लागिएको आरोप लगाए । 
कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज बिरोध खतिवडाले माओवादीको कामकारबाहीको आलोचना गरे । उनले अब एमालेको नेतृत्वले मात्रै राष्ट्रले सम्बृद्धि पाउने भन्दै एकताबद्ध भएर पार्टीका काममा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिए । 
त्यसैगरी प्रदेश नं ३ का सदस्य रामेश्वर रानाले केही उदारवादी र नवउदारवादी शक्तिहरुले एमालेको सञ्जाल च्यातेर राज गर्ने योजना बनाइरहेको बताए । उनले त्यस्ता योजनालाई एमालेले वडा–वडा, गाउँगाउँबाट परास्त गर्नुपर्नेमा जोड दिए । ‘२–४ वटा भलिबल बाँडेर र मासु चिउरा खुवाएर अहिले पनि सामन्ती प्रबृत्ति देखाउँदै भोट पाइन्छ भन्ने आशले केही मान्छेहरु राजनीतिक दलमा घुसेका छन्’, उनले भने–‘त्यस्ताहरुको सपना पूरा गर्न नेकपा एमालेले दिनेछैन ।’
गाउँकमिटी अध्यक्ष रघुनाथ रुम्बाको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नं ३ का सदस्य एकराज उप्रेतीले पनि प्रशिक्षणात्मक मन्तब्य दिएका थिए । कार्यक्रममा तत्कालीन एनेकपा माओवादीका काठमाडौँ जिल्ला सदस्य कमल चौलागाईँ तथा काँकडाका अगुवा समाजसेवी आइतसिंह चेपाङ एमालेमा प्रवेश गरेका थिए । उनीहरुलाई प्रमुख अतिथि पाण्डेले स्वागत गरेका थिए । उनीहरुसँगै अन्य २५ जना युवाहरु काँग्रेस, माओवादीलगायत पार्टी परित्याग गरी एमालेमा समाहित भएको नेकपा एमाले मनहरी गाउँ कमिटी सचिव लक्ष्मण उप्रेतीले बताए । 
कार्यक्रम सुरु हुनुअघि चितवनको लोथरबजारबाट मनहरीसम्म युवाहरुका २५० वटा मोटरसाइकलले पूर्वअर्थमन्त्री पाण्डेलाई स्कर्टिङ गरी स्वागत गरेका थिए । 
यसैगरी पूर्वअर्थमन्त्री पाण्डेले मनहरी ४ स्थित निर्माणाधीन पिस पार्कको निरीक्षण गरेका छन् । 
पिसपार्कमा आयोजित कार्यक्रममा उनले निरीक्षणपश्चात आफूले पार्क निर्माणका लागि सक्दो सहयोग गर्ने बताए । कार्यक्रममा सांसद राजाराम स्याङ्तान, जिल्ला वन अधिकृत राजेन्द्र न्यौपाने, ब्रह्मकुमारी राजयोग सेवा केन्द्रका बिजयराज सिग्देल, पिस पार्क निर्माण अभियन्ता एकराज उप्रेती लगायतले पार्क निर्माणका सम्बन्धमा मन्तब्य राखेका थिए ।  
 



https://thahatimes.com/public/images/users/57504215_2285399481780456-1574914323.jpg

मनोज तितुङ

titungmanoj@gmail.com