nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

एमालेको धुँवाले काँग्रेसमा तरङ्गः राना

नेकपा एमालेका नेता एबम् ३ नं प्रदेश कमिटीका सदस्य रामेश्वर रानाले मकवानपुर क्षेत्र नं ४ मा एमालेको अभियान देखेर काँग्रेस आँत्तिएको बताएका छन् । नेकपा एमाले मनहरी गाउँपालिकामा सञ्चालित चार महिने संविधान कार्यान्वयन अभियानको गाउँपालिका केन्द्र रजैयामा आयोजित समिक्षा बैठकमा सहभागी उनले एमालेभित्र मजबुत संगठन निर्माण हुँदै संविधान कार्यान्वयनको चार महिने अभियान चलिरहँदा आँत्तिएर काँग्रेसले मनहरीमा क्षेत्रीय सभा गरेको बताए । केही दिन अघि काँग्रेस क्षेत्रीय समितिले गरेको आमसभाबारेको प्रसंग कोट्याउँदै रानाले भने,–‘एमालेको सक्रियता, गाउँगाउँमा बढ्दै गएको संगठन निर्माण लगायतका कुराहरुबाट काँग्रेस आँत्तिएको देखिन्छ । उनीहरु प्रोपोगान्डाकै रुपमा प्रचारबाजीमा छन् ।’ एमालेमा बलेको धुँवा देखेर काँग्रसमा तरंग आएको समेत उनले बताए ।

काँग्रेस र राप्रपाजस्ता पार्टीले व्यक्तिगत रकम बाँडेर सामाजिक कामको नाम भजाउँदै हिँडेर राजनीति नचल्ने उनले बताए । आफू निरन्तर २०३८ सालदेखि कम्युनिष्ट पार्टीको कार्यकर्ता भएर हिँडिरहँदा त्यस्ता पार्टीहरुले चलाएको प्रोपोगान्डा थुप्रै देखिएको भन्दै हतास नभईकन निरन्तर काममा लाग्न रानाले कार्यकर्तालाई निर्देशन दिए । 

कार्यक्रममा पूर्व सचिव एबम् अभियान अनुगमन समिति सदस्य रघुनाथ खुलाल, पार्टी जिल्ला उपसचिव एबम् मनहरी गाउँपालिका अभियानका प्रमुख मीना लामा, पार्टी क्षेत्रीय इन्चार्ज लालबहादुर थापा, सह इन्चार्ज गौतम बुद्ध लामा, जिल्ला सदस्य गौतम लामा, क्षेत्रीय अध्यक्ष हेमलाल उप्रेती, सचिव मनिला बिष्ट लगायतले बैठकको छलफलमा सहभागी भई आगामी योजना निर्माणबारे धारणा राखेका थिए । 

अभियानका सह संयोजक समेत रहेका माननीय सांसद राजाराम स्याङ्तानको सभाध्यक्षतामा भएको बैठकले आगामी योजना निर्माण र कार्यान्वयनका लागि सबै गाउँ, टोल र बस्तीहरुमा टोली परिचालन र अनुगमन गर्ने निर्णय गरेको छ ।