Saturday, 25th June, 2022
वि.स.
ict-nepal-1625344508.gif

एक दम्पती, जसले फरक पार्टीबाट चुनाव जिते, तर दिएनन् एकअर्कालाई भोट

sandio-kuma-uppadhyaya-an-1652871284.jpg

कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–७ का सन्दीपकुमार उपाध्याय र कमलादेवी उपाध्याय पति, पत्नी हुन् । दुवै जनाले ३० बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा फरक–फरक पार्टीबाट उम्मेदवारी दर्ता गराए ।

सन्दीप नेकपा एमालेका तर्फबाट वडा नं। ७ को खुल्ला सदस्य र कमलाले नेपाली कांग्रेसबाट महिला सदस्य पदमा उम्मेवारी दिए । दुबै जना फरक–फरक ढंगले प्रचारमा खटिए, आआफ्ना पार्टीका मेयर, उपमेयर उम्मेदवारहरुसँग ।

उनीहरुको मेहनतले परिणाम देखायो । दुबै जना सदस्य पदमा निर्वाचित भएका छन् । एकले अर्कालाई मत पनि नदिएको उनीहरुले बताए । ‘हामी श्रीमान, श्रीमती हौं, तर, एकले अर्कालाई भोट हालेनौं,’ कमलाले भनिन्, ‘उहाँ एमाले, म कांग्रेस । कसरी उहाँलाई भोट हाल्न सक्छु र ?’

एउटै परिवारको व्यक्ति भए पनि श्रीमानलाई भोट दिँदा राजनीतिक बेइमानी हुने भएकाले मत नदिएको कमलाले बताइन् । परिवारका सदस्य भए पनि हरेक व्यक्तिको विचार फरकफरक हुन्छ,’ उनले भनिन्, ‘विचार र सिन्द्धान्तले नै पार्टीमा जोडिने हो ।’

बुधबार बिहान निर्वाचन अधिकृतको कार्यालयले वडा नं। ७ मा निर्वाचितहरुको विवरण सार्वजनिक गरेको थियो । दुबै जना निर्वाचित भएका छन् । दुबै जना कसरी निर्वाचित हुनुभयो ?  भन्ने प्रश्नमा कमलाले भनिन्, ‘टिकट पाएपछि वडाका सबै घरमा पुगेकी छु, सबैसँग मत मागेकी छु, उहाँले पनि सबैसँग मत माग्नु भयो होला ।’

महिला सदस्यमा कमलाले ७ सय ९२ मत पाएकी छन् भने उनका श्रीमान सन्दीपले खुल्ला सदस्यमा ७ सय ५५ मत पाएका छन् ।  दोश्रो खुल्ला सदस्यमा भने कांग्रेसका आयातबहादुर क्षेत्री ७५० मतसहित चुनिए ।

यो वडाको वडाध्यक्षमा नेकपा एमालेका ज्ञानेन्द्र बहादुर वहेकक्षेत्री ७६९ मतले विजयी भए, दलित महिला सदस्यमा कांग्रेसकी देविसरा सुनार ७९२ मतसहित निर्वाचित भइन् । अनलाइनखबरबाट



corona_ad-1626692113.gif






FB_IMG_1642942313261-1642942439.jpg
bemaushami-1643293386.jpg
condom-1646546287.jpg