Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

एकीकृत कृषि विकासबाटै बन्छ, सम्वृद्ध प्रदेश–३ः मन्त्री लामा

प्रदेश नम्बर ३ का कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दावा दोर्जे लामाले विकासको लागि कृषिमा आधारित औद्योगिकीकरण स्थापना आवश्यक भएको बताएकाछन् । यसका लागि ठाउँ अनुसारको खेती गर्न कृषकहरु एकजुट हुनुपर्ने मन्त्री लामाको भनाइ थियो । ५ चैत्रबाट शुरु भएको प्रथम रामेछाप कृषि पर्यटन तथा औद्यागिक ब्यापार मेला रामेछाप महोत्सव २०७५ को मन्थलीमा उद्घाटन गर्दै मन्त्री लामाले यस्तो बताएका हुन् । उनले प्रदेशका १३ वटै जिल्लाको खेतीयोग्य जमिनको माटो परिक्षण गरी ठाउँ अनुसारको उत्पादनमा बढवा दिने किसिमको कार्यमा प्रदेश सरकारले सहयोग गर्ने बताए । समृद्ध प्रदेश निर्माण र राष्ट्रिय एकता कायम गर्नको अब एकअर्को राजनीतिक दललाई दोषारोपन भन्दापनि एकजुट हुनुपर्ने बताए । 

चैत्र १७ सम्म संचालन हुने महोत्सव मन्थली नगरपालिकाको आयोजना, सामाजिक सशक्तिकरण नेपालको सहआयोजना र जिल्ला समन्वय समिति रामेछाप, रामेछाप उद्योग वाणिज्य संघको प्रवद्र्धक रहेको छ । महोत्सव उद्घाटनको अवसरमा बिभिन्न जातजाति बिशेषको ¥याली, झँकी समेत प्रदर्शन गरिएको थियो । कार्यक्रममा मन्थलीमा सम्पुर्ण विद्यालय, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख एवम प्रतिनिधि लगायतको आतिथ्यता रहेको थियो । 

मेलामा लाइभ कन्सर्ट, जिल्ला स्तरिय सिंगिङ र डान्सिङ प्रतियोगिता पनि हुने आयोजकले जानकारी दिए । रोटेपिङ, बाल उधान, स्थानिय साँस्किृतिक झाँकी प्रदर्शन, दैनिक उपभोग्य बस्तुको स्टल, स्थानिय कलाको प्रस्तुति र उँटको चमत्कारी नृत्य मेलाको आकर्षण देखाइने छ । मेलामा पहिलो दिन भने प्रबेश निशुल्क गरिएको छ भने ६ चैत्रबाट प्रबेश शुल्क भने रु ५० रुपैंया लाग्ने आयोजकले जनाएको छ । मेलामा ३१ लाख ५६ हजार रुपैंया खर्च हुने अनुमान गरिएको छ । यो महोत्सव चैत ५ गते देखी १७ गते सम्म सन्चालन हुने आयोजकले जनाएको छ ।
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०