nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

एकताको लागि एमाले–नेता चौधरी

नेपाल कम्युनिष्ट पार्टि एमालेका पोलिटब्युरो सदस्य नागेन्द्र चौधरीले राष्ट्रिय एकताको लागि एमाले आबश्यक रहेका बताएका छन् । २६ वैशाखमा हेटौंडा १६, १७ र १८ मा एमालेले आयोजना गरेको विभिन्न स्थानमा गरेको चुनाबी सभामा बोल्दै नेता चौधरीले देशलाई एमालेको खाँचो रहेकोले स्थानिय तह निर्बाचनमा एमाले बिजयी बन्न अनिबार्य रहेको प्रष्ट पारे । अहिलेको निर्बाचन जनताको चाहना अनुसार भएकोले सबै जनता मतदानमा सहभागि भएर एमाललेलाई जिताउन समेत आग्रह गरे ।

उनले भने–‘देशको स्वाभिमान बचाउन पनि एमालेको जित हुनछ । ’ यस्तै कार्यक्रममा बोल्दै एमालेका केन्द्रिय सदस्य एबम् जिल्ला इन्चार्ज बिरोध खतिवडाले हेटौंडा बिकासका लागि एमाले एक मात्र बिकल्प भएको बताए । हेटौंडालाई एमालेले नेतृत्व गरेर यो स्थानमा ल्याएको भन्दै अझ माथि लैजान एमालेले जित्नु पर्नेमा उनको जोड थियो । मकवानपुर क्षेत्र नम्बर ३ बाट निर्बाचित संसद अनन्त पौडेलले हेटौंडा उपमहानगरपालिकाले नेतृत्व गर्न सक्षम ब्यक्तिलाई उमेद्वारको रुपमा प्रस्तुत गरेको बताए । 

यस अघि हेटौंडाको उपमेयर भएका महतले मात्र हेटौंडालाई हाँकेर सम्बृद्ध बनाउन सक्ने बताए । हेटौंडा उपमहानगर पालिकाका एमालेका तर्फबाट मेयरका उमेद्वार हरीबल महत तथा उपमेयरका उमेद्वार मिना लामासहित बिभिन्न चुनाबी सभा तथा ¥याली एमाले तिब्र बनाउँदै लगेको छ । बिगतदेखी बर्तमानसम्म जनता पक्षमा काम गर्दै आएका मेयरका उमेद्वार हरीबल महत र उपमेयरका उमेद्वार मिना लामा अन्य उमेद्वार भन्दा अब्बल रहेको पनि बताए । 

त्यस्तै कार्यक्रममा बोल्दै नेकपा एमालेका तर्फबाट हेटौंडा उपमहानगर पालिकाका मेयरका उमेद्वार हरीबल महतले जनमतका आधारमा नै आफुले मेयर पदमा उमेद्वारी दिएको बताए । दुई कार्यकाल नगरपालिकाको उपमेयरको जिम्मेवारी बहन गरेकोले पनि मेयर पदमा रहेर नगरको सर्वाङिण बिकास छिटो हुने उनको तर्क थियो । 

कार्यक्रममा एमाले मकवानपुरका अध्यक्ष मुनु सिग्देल, एमाले मकवानपुरका, उपाध्यक्ष बद्रि लम्साल, सचिब एकालाल श्रेष्ठ, उपमेयरका उमेद्वार मिना लामा, सचिबालय सदस्य श्रीधर पोख्रेल, कमल बिष्ट, स्थानिय वडाका अध्यक्षका उमेद्वारहरु वडा नम्बर १६ का गोबिन्द दाहाल, १७ का भैरबबहादुर राई, १८ का अनिल बानियाँ लगायतले बोलेका थिए ।