nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

उम्मेदवार राजाराम स्याङ्तानमाथि काँग्रेसद्वारा आक्रमण प्रयास 

]-1512550438.jpg

मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीको मनहरी ८ स्थित घरमा मंगलबार राति आक्रमण प्रयास भएको छ । बाम गठबन्धनका उम्मेदवार एबम् पूर्व सांसद राजाराम स्याङ्तानलाई लक्षित गरी आक्रमण प्रयास भएको हो । 
सयौँको संख्यामा रहेका काँग्रेस नेता÷कार्यकर्ता र समर्थकहरुले हतियारसहित अध्यक्ष उप्रेतीको घर नजिक पुगेर नाराबाजीसहित आक्रमण प्रयास गरेका हुन् । उनीहरु राति १० बजेतिर उप्रेतीको घर छेउ पुगी आक्रामक शैलीमा उत्रेका थिए । 
बाम गठबन्धनका मकवानपुर क्षेत्र नं २ प्रदेश सभा २ का उम्मेदवार राजाराम स्याङ्तानलाई बाहिर निकाल्न दबाब दिँदै खुकुरी, खोँडा, साइकलको चेन बोकेका र मादक पदार्थ सेवन गरी हतियारसहित आएका कार्यकर्ताले स्याङ्तानबिरुद्ध नाराबाजी गरेका थिए । उनीहरुले मनहरी गाउँपालिका ३ लामिटारबाट स्याङ्तानको पिछा गरेका थिए । लामिटारमा एक कार्यकर्ताको घरमा बसेर आराम गरिरहेका उनलाई मत प्रभावित पार्न आएको आरोप लगाउँदै मादक पदार्थ सेवन गरेका केही युवाहरुले दुब्र्यवहार समेत गरेका थिए । 
स्याङ्तान मनहरी गाउँपालिकाको वडा नं १, २ र ३ का आफ्ना वडा इन्चार्जहरु भेटेर साँझ फर्कने क्रममा थिए । उनी गाउँपालिका अध्यक्ष उप्रेतीको घरमा बस्दै आएका छन् भने चुनाव परिचालन सचिवालय समेत त्यहीँबाट चल्दै आएको छ । 
अध्यक्ष उप्रेतीको घरमा आइपुगेका स्याङ्तान खाना खाएर सुत्न लाग्दा हतियारसहितका काँग्रेस कार्यकर्ताहरुले नाराबाजी गरेका थिए । लगत्तै प्रहरीले भीड साम्य पार्न खोजेपनि तीनघन्टा सम्म आक्रोश मत्थर नभएपछि बल प्रयोगको तयारी भएको थियो । झण्डै रातको १ बज्नै लाग्दा हतियारधारीहरु घर फर्केको प्रत्यक्षदर्शीहरुले बताए । त्यतिबेलासम्म बाम गठबन्धनका तर्फबाट सयौँ युवाहरु भीडन्तको तयारी भन्दै घटनास्थलमा आइसकेका थिए ।  ‘धन्न ठूलो भीडन्त हुन पाएन’, अध्यक्ष उप्रेतीले भने,–‘नियोजित रुपमा उनीहरु आक्रमण गर्न आएका रहेछन्, उनीहरुको प्रयास सफल हुन पाएन ।’
आक्रमणका लागि हेटौँडाबाट तरुण दलका कार्यकर्ताहरु मनहरी आएका थिए । उनीहरुले ट्रिपरमा समेत मानिसहरु ओसारेर भीड जम्मा गर्न थालेपछि बामगठबन्धनका युवाहरु पनि तयारीमा लागेका थिए । हाँडीखोलाका विभिन्न वडाहरु, मनहरी र हेटौँडाबाट समेत युवाहरु आउन थालेपछि काँग्रेसको भीड तितरबितर भएका प्रत्यक्षदर्शीहरुले बताए । 
घटनाबारे एमाले एमाले केन्द्रीय सदस्य बिरोध खतिवडा, जिल्ला अध्यक्ष मुनु सिग्देल, सचिवालय सदस्यहरु श्रीधर पोखरेल, लालबहादुर थापासहित माओवादी केन्द्रका नेता प्रदीप घलान, रामहरि सुवेदी, रामप्रसाद कालाखेती र युवा संघ नेपाल तथा वाइसीएलको संयुक्त बैठक बसी समिक्षा गरेको जनाइएको छ । बैठकले सुरक्षा चुनौति बढेको निष्कर्ष निकालेको छ । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)