nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

उमेद्वार खतिवडाले भने–"भोट किन्छु भन्दै मतदाताको अपमान गर्ने उम्मेद्वारलाई मत नदिनू"

प्रतिनिधी सभा क्षेत्र नम्बर २ का बाम गठबन्धन उम्मेद्वार बिरोध खतिवडाले पैसाले भोट किन्छु भन्दै मतदाताको अपमान गर्ने उम्मेद्वारहरुलाई विश्वास नगर्न आग्रह गर्नुभएको छ । तामाङ तथा चेपाङ समूदायको बाहुल्य रहेको क्षेत्रमा लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारहरु पैसाको प्रलोभनमा मतदातालाई आकर्षित बनाउने खेलमा रहेको आरोप लगाउँदै त्यस्ता उम्मेद्वारलाई मत नहाल्न आग्रह गर्नुभएको हो ।

मनहरी गाउापालिका वडा नम्बर ३, ४ र ५ नम्बर वडामा भएको चुनावी सभालाई सम्बोधन गर्दै प्रतिनिधी सभा क्षेत्र नम्बर २ का उम्मेद्वार खतिवडाले देश बामशक्तिमय हुँदै गएको समयमा विभिन्न प्रलोभनबाट मतदाताहरुमा भ्रम सिर्जना गर्ने बिरुद्ध उत्रनसमेत आग्रह गर्नुभयो । अन्य समयमा जनताको समस्या नदेख्ने उम्मेद्वारहरु निर्वाचनको समयमा विकासप्रेमी भन्नेहरुलाई जनताले विश्वास नगर्ने बताउनुभयो । देशको हरेक गाउँको विकास नभएसम्म देशको पनि विकास नहुने बताउँदै बाम सरकारले जनताको न्यूनतम आवश्यकता पुरा गर्ने बताउनुभयो ।

यस्तै प्रदेश सभा उम्मेद्वार राजाराम स्याङ्तानले काँग्रेसको सरकारले देशको विकास नगरेको बताउनुभयो । देशमा बामपन्थीको सरकार आएपछि मात्रै देशले गति लिन थालेको उहाँको भनाई थियो । कम्युनिष्ट शासन पश्चात देशका हरेक जनताले स्थानीय तहबाटै आफ्नो आवश्यकता प्राप्त गर्न सक्ने अबस्था आउने भएकोले दुईतिहाई बहुमतसहीत बाम गठबन्धनलाई बिजयी गराउन आवश्यक रहेको बताउनुभयो । उहाँले आफू साँसद रहँदा यस क्षेत्रमा बत्ति, खानेपानी, सिँचाई लगाएको आवश्यकता पुरा गरेको समेत बताउनुभयो । यसैगरी अधिकाँश ऐलानी जग्गामा बसोबास गर्दै आउको तामाङ तथा चेपाङ समूदायलाई जग्गा दिलाउन समेत आफुले पहल गर्ने बताउनुभयो ।

चुनाव िसभामा नेपाली काँग्रेस तथा राप्रपा परित्याग गरी एकसय १० जना बाम गठबन्धनमा प्रवेश गरेकाछन् । उनीहरुलाई एमाले केन्द्रिय सदस्य तथा प्रतिनिधी सभा उम्मेद्वार बिरोध खतिवडाले अबिर र खादा लगाएर स्वागत गर्नुभएको थियो । मनहरी गाउँपालिका वडा नम्बर ३ का निर्वाचन परिचालन कमिटि संयोजक सञ्जीव पाठकको अध्यक्षतामा भउको कायृक्रममा एमाले नेता एवम् पूर्व साँसद अनन्त पौडेल, एमाले जिल्ला सचिव एकालाल श्रेष्ठ, मनहरी गाउँपालिका उपाध्यक्ष मनिला बिष्ट, नेपाल चेपाङ संघका केन्द्रिय सदस्य खुशीलाल चेपाङ, माओबादी केन्द्रका समानुपातिक उम्मेद्वार ओम घलान, एमाले नेता तथा नेपाली काँग्रेस पूर्व जिल्ला सचिव विष्णु दाहाल, लगाएतले देशमा बाम गठबनधनको आवश्यकता रहेको बताउँदै बाम गठबन्धनका उम्मेद्वारलाई बिजयी गराउन समेत आग्रह गरेकाछन् ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)