nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

उपाध्यक्ष विष्टकाे स्थानमा निर्वाचन प्रक्रिया अगाडि नबढाउन आन्तरिम आदेश

 उच्च अदालतले मनहरी गाउँपालिका, मकवानपुरको उपाध्यक्षको निर्वाचन प्रक्रिया अगाडि नबढाउन आन्तरिम आदेश दिएको छ ।

उच्च अदालत पाटनको हेटौंडा इजलासका न्यायाधीश राजकुमार वन र मेरिना श्रेष्ठको इजलासले उपाध्यक्षले मनिला विष्टले दिएको राजीनामा पत्रमा मिति नभएको र राजीनामा लागू हुने मिति समेत उल्लेख नभएकाले मुद्दाको अन्तिम टुंगो नलागेसम्म पदपूर्ति प्रक्रिया अगाडि नबढाउन आन्तरिम आदेश दिएको हो ।

गाउँपालिकाका अध्यक्षसँग असन्तुष्ट उपाध्यक्षले मंसिर अन्तिममै राजीनामा दिएको चर्चा चलेको थियो । तर पुस पहिलो साता बसेको गाउँ कार्यपालिका बैठकले त्यसको खण्डन गर्दै राजीनामा नदिएको प्रष्ट पार्‍यो ।

तर सत्तारुढ नेकपा विभाजन भएको केही समयपछि पुस १७ गते एकाएक उनको राजीनामा स्वीकृत भएको निर्णय सार्वजनिक भएको थियो । उपाध्यक्ष विष्टले भने आफूले राजीनामा नै नदिएको दाबी गर्दै आएकी छन् ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)