nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 4th May, 2024
वि.स.
1000043965-1707579226.jpg

उपसभामुख राधिका तामाङद्वारा बुद्धको ज्ञानलाई व्यवहारमा लागु गर्न जोड

प्रदेश नम्बर ३ का उपसभामुख राधिका तामाङले गौतम बुद्धको उपदेशलाई जीवनमा लागु गर्न आग्रह गरेकी छिन् । चैत्र २३ गतेदेखि मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ५ स्थित रुञ्चेडाँडामा भएको महायज्ञ बुद्ध वचन (भुम) महा प्रज्ञापरामिता पाठको समापन कार्यक्रममा बोल्दै उनले त्यस्तो आग्रह गरेकी हुन् । ‘महायज्ञ पुजाबाट प्राप्त ज्ञानलाई जीवन र व्यवहारमा लागु गर्न म सबैलाई आग्रह गर्छु’ उनले भनिन् ।

उपसभामुख तामाङले प्राकृतिक धर्मको संरक्षण गरेमा नेपालीहरुले दुनियाँसँग हात फैलाउनु नपर्ने दाबी गरिन् । तामाङ समुदायले आफैलाई नुबझेको बताउँदै उनले त्यसको निश्कर्ष निकाल्न जरुरी रहेको औँल्याईन् । गाउँगाउँमा प्राकृतिक धर्मको संरक्षणका लागि लाग्न उनले जोड दिईन् । उनले बुद्धको उपदेश वैज्ञानिक भएको समेत जिकिर गरिन् ।

मनहरीको रजैया र ५ नम्बर वडा जोड्ने पक्की पुल नभएको भन्दै उनले विकासको ठूलो सम्भावना भएको ठाउँमा पनि विकास नभएकोमा आफुलाई पिडा महशुस भएको बताईन् । उनले उक्त स्थानको विकासका लागि पूर्व माननीय र माननीयहरुलाई आग्रह गर्दै रजैया र ५ नम्बर जोड्ने पक्की पुल निर्माणमा आफुले पनि अहम भूमिका खेल्ने बताईन् । उनले गाउँमा साँस्कृतिक संग्रहलाय निर्माण गर्न समेत जरुरी रहेको बताईन् । उनले साँस्कृति संग्रहालय र गुम्बालाई अध्ययन केन्द्रको रुपमा विकास गर्नुपर्ने बताईन् । गुम्बामा बत्ति बाल्न मात्र जाने नभई ध्यान गर्न र ज्ञान लिन पनि जानुपर्ने उनले बताईन् ।

महायज्ञमा नेपाल अहिंसाबादी बौद्ध धर्म चक्र संघका धर्मगुरु ‘आचार्य खेन्पो पेमा सम्भ लामा’ प्रमुख लामाको रुपम रहेका थिए । समापन कार्यक्रम विश्व शान्ति महायज्ञ मूल समारोह समितिका संयोजक फुलमाया थिङको सभाध्यक्षतामा भएको हो । कार्यक्रममा प्रमुख अतिथि उपसभामुख तामाङ, विशिष्ट अतिथि अग्निहोत्र आश्रमका डाक्टर सिताराम खनाल, पूर्व संविधानसभा सदस्य राजाराम स्याङ्तान, ५ नम्बर वडाअध्यक्ष शुभराज थिङ, अहिंसावादी बौद्ध धर्म चक्र  संघकी केन्द्रीय उपसचिव आनी याङ्चेन डोल्मा, निवर्तमान सचिव भिक्षु डिबि तितुङ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ३ नम्बर प्रदेशका अनुशासन कमिटि संयोजक तथा ताम्सालिङ खबर डटकमका सम्पादक दिलबहादुर लामा, जनचेतना आधारभूति विद्यालय डिल्लीपुरका विद्यालय व्यवस्थापन समिति अध्यक्ष मीनबहादुर लामा, मदन आश्रित आधारभूति विद्यालयका अध्यक्ष बलराम बस्नेत, पेमा ढुप्कीलिङ गुम्बाका प्रमुख लामा लोप्साङ दोर्जे वाईबा, नेवारपानी ईलाका प्रहरी कार्यालयका सई भरत राउत, युवा समाजसेवी सुजन रुम्बा, पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन काउन्सिलका अध्यक्ष पदम तितुङ, नेपाली काँग्रेसका नेता तथा समाजसेवी नवराज उप्रेती लगायतको आतिथ्यता रहेको थियो ।

समस्त प्राणीको उद्वार,राष्ट्रको कल्याण विश्वमा शान्ति फैलाउने उदेश्यले भगवान बुद्धको शान्ति र अहिंसा ज्ञानको माध्यमबाट निर्मुल पार्ने कार्यका साथ कार्यक्रम गरिएको हो । कार्यक्रम अन्तर्गत संक्षिप्त बुद्ध बचन (भुम) महाप्रज्ञापारमिता ग्रन्थ पाठ तथा विश्वशान्तिको महायज्ञ, बुद्ध बचन ग्रन्थपाठ तथा मोलम प्रणीधानका साथै बुद्ध बचन ग्रन्थपाठ संगै पितृ मोक्षको लागि छोक म्हार्मेन (दिप प्रज्वलन) समेत गरिएको थियो । त्यस्तै आज मंगलबार पुजापाठ संगै विश्व शान्ति होम महायज्ञ गरि धर्मगुरुबाट औपचारिक धार्मिक प्रवचन सहित छेवाङ अभिषेक प्रदान गरिएको थियो । त्यस्तै मंगलबार नै अग्नि होत्र आश्रमको गुरुबाट पनि धार्मिक प्रवचन, अहिंसावादी कला केन्द्रबाट बुद्ध भजनकिर्तन समेत भएको थियो ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)