Thursday, 16th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

उपसभापतिमा कार्की र लामिछाने, सचिबमा मोक्तान र गोपाली, सहसचिवमा स्याङ्तान र श्रेष्ठ बिजयी

242796526_412842241061393-1632587810.jpg

नेपाली काँग्रेस थाहा नगर कार्यसमितिको सभापतिबाहेक अन्य पदाधिकारीको अन्तिम मत परिणाम आएको छ । मत परिणाम अनुसार उपसभापतिमा नवराज कार्की र उद्धव लामिछाने विजयी भएका छन् । त्यसैगरी सचिबमा भीमसेन मोक्तान र कर्णबहादुर गोपाली विजयी भएका छन् भने सहसचिबमा सत्यदेवी स्याङ्तान र सुरेन्द्र श्रेष्ठ विजयी भएका छन् । 

प्राप्त मत परिणाम अनुसार उपसभापतिमा कार्कीले १४४ मत र लामिछानेले १०२ प्राप्त गरी निर्वाचित भएका हुन् । उपसभापतिका अर्का उमेदवार सोमप्रसाद गर्तौलाले ८६ मत प्राप्त गरेका छन् । 

त्यसैगरी दुई जना सचिबका लागि भएको निर्वाचनमा मोक्तानले ११२ मत र गोपालीले १०४ मत ल्याएर विजयी भएका छन् । सचिबका उमेदवार रहेका बिर्जुलाल थिङ र शशिकुमार दोङले क्रमशः ८४ र ५६ मत ल्याएका छन् । 

सत्यदेवी स्याङ्तानले १६५ मत र सुरेन्द्र श्रेष्ठले ९५ मत ल्याएर सहसचिवमा विजयी भएका छन् । सहसचिव उमेदवारहरु रामचन्द्र भोम्जनले ४७ मत र ध्रुबकुमार भट्टले ४६ मत ल्याएका छन् । 

सभापति पदका उमेदवारहरुको मत अहिले गणना भइरहेको छ । सभापतिमा प्रमोदकृष्ण जोशी र भरत गोपाली उमेदवार रहेका छन् । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०