nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

उपमहानगरपालिका–१८ को भेला सम्पन्न 

नेकपा (माओवादी केन्द्र) हेटौडा उपमहानगरपालिका वडा न।ं १८ को एकता भेला सम्पन्न भएको छ । शनिवार भएको भेला कार्यक्रमको अध्यक्षता चुरियामाई संयुक्त वडा इन्चार्ज लिला बहादुर घलानले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य एवं उपमहानगरपालिका इन्चार्ज प्रकाश पाण्डे ९प्रलोक० रहनुभएको थियो ।

अतिथिहरुमा पार्टी केन्द्रीय सदस्य एवम् उपमहानगरपालिका संयोजक कमान सिं पाख्रिन (पृथक),सहसंयोजक विवेक राई, नगर कार्यालय सदस्य मान बहादुर लामा रहनुभएको थियो । भेलाले रामकृष्ण दुलालको संयोजकत्वमा ३५ सदस्यीय कमिटी गठन गरेको जिल्ला सदस्य लाल बहादुर घलानले जानकारी दिनुभयो । सदस्यहरुमा आधुनिक तिमल्सिना, चन्द्र बहादुर पाख्रिन, उमेश विडारी, रेन्जन लामा, शुशिला लामा, शान्ति थिङ लगायतका रहनुभएको छ ।