nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

उत्कृष्ट १० महिला उद्यमी छनौट

उत्तरी मकवानपुरको मार्खुमा जिल्लाका तत्कालिन ७ गाबिसमा उत्कृष्ट महिला उद्यमीहरुको नाम घोषणा गरिएको छ । चित्लाङ, फाखेल, मार्खु, कुलेखानी, सिस्नेरी, नामटार र कालिकाटारका महिला उद्यमीबाट १० जना उत्कृष्ट छनौट गरिएको हो ।प्रतियोगितामा कृषि, पशु, ब्युटीपार्लर तथा सिलाईकटाई ब्यवसाय गरिरहेका ६८ जना महिला उद्यमीहरु सहभागि थिए ।

प्रतियोगिताको पहिलो चरणमा उत्कृष्ट ४० जना, दोस्रो चरण उत्कृष्ट २० उद्यमीको छनौट गरि ब्यवसाय साक्षरता तालिम प्रदान गरिएको थियो । तेस्रो अथवा अन्तिम चरण अन्तरगत तीन जनाको निर्णायक समूहले उत्कृष्ट २० उद्यमीको घर तथा उद्यमको प्रत्यक्ष अवलोकन, निरिक्षण तथा मुल्याङ्कनको आधारमा उत्कृष्ट १० उद्यमीको छनौट गरिएको छ । छनौटमा परेमा उद्यमीहरुले प्रमाणपत्रको साथमा प्रोत्साहन स्वरुप नगद पनि प्राप्त गरेका थिए । छनौटमा परेका उद्यमीहरुलाई नेतृत्व विकासको तालिम, प्राविधिक तालिम र व्यवसायिक परामर्श पनि प्रदान गरिने दायित्वकी सञ्जु पौडेलले बताइन् ।

मकवानपुरका भूकम्प प्रभावित क्षेत्रहरुमा नेपाल लिडरसीप एकेडेमी र नारी सीप सृजना केन्द्र, मकवानपुरको सहकार्यमा दायित्व ग्रामिण उद्यम प्रर्वद्धन कार्यक्रम अन्तरगत महिला उद्यमी छनौट गरिएको हो । अक्सफामको सहयोगमा नारी सीप सृजना केन्द्रले भूकम्प प्रभावित समुदायमा आयआर्जन तथा खाद्य सुरक्षा बढाउनका लागि जिवनस्तर पुर्ननिर्माण कार्यक्रम अन्तर्गत उत्कृष्ट महिला उद्यमी छनोट गरिएको हो ।

घोषणा कार्यक्रमका प्रमुख अतिथि ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष जमन सिंह वाइवाले धेरै युवा विदेशिएको अवस्थामा दिदीबहिनीहरुले समुदायमा उद्यम गर्नु गर्बको बिषय भन्दै उद्यम बढाएर लक्ष्य पुरा होस् भन्दै शुभकामना दिए । नेपाल लिडरसीप एकेडेमीले दायित्वको ग्रामिण उद्यम द्रुतिकरण कार्यक्रमको ढाँचा प्रयोग गरेर महिला तथा युवाहरुको नेतृत्व क्षमतामा वृद्धि गरी उनीहरुले आफ्नो जिवन र समुदायमा आधारभुत परिवर्तन ल्याउन र उनीहरुको प्राविधिक क्षमतामा वृद्धि गराई व्यवसायमा प्रगती गर्न मार्ग निर्देशन गर्दै आएको छ ।

दायित्वले सन् २०१४ देखि पाल्पा, गुल्मी र रामेछाप जिल्लामा ग्रामिण उद्यम प्रवर्दन कार्यक्रम कार्यान्वयन गर्दै आइरहेको छ । सेप्टेम्बर २०१७ मा नेपाल लिडरसीप एकेडेमीले मकवानपुरमा दायित्व ग्रामिण उद्यम प्रर्वद्धन कार्याक्रमको शुरुवात गरेको थियो ।

 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)